विश्वकप क्रिकेटमा  धमाका दिंदै नयाँ खेलाडी

प्रकाशित मिति : २०७६ बैशाख १७

काठमाडौं । आउँदो महिनादेखि इङ्गल्यान्ड र वेल्सको संयुक्त आयोजनामा पुरुष विश्व कप क्रिकेटका लागि छनौट १० वटै राष्ट्रहरु सहभागी हुुने भएका छन् । ती देशहरुले आाफ्ना टिमहरु घोषणा पनि गरिसकेका छन् ।

यो वर्षको विश्वकप नयाँ र चर्चामा आएका खेलाडीहरुका कारण क्रिकेट रंगशालामा नयाँ र युवा दर्शकहरुको ताती लागने बताइएको छ  ।भारतका जस्प्रीत बुमराह, अफगानिस्तानका राशिद खान, वेस्ट इन्डिजका शिमरोन हेटमेयर, अस्ट्रेलियाका ज्हेया रिचार्डसन र पाकिस्तानका बाबर आजम नयाँ तर आशालागदा खेलाडीका रुपमा चर्चाको शिखरमा छन् ।

भातका जस्प्रीत बुमराह राष्ट्रिय टोलीमा बलिङ बरियतामा शीर्ष स्थानमा छन् । त्यसै गरी वेष्ट इन्डिजका शिमरोन हेटमेयर शतक प्रहारमा माहिर छन् ।

अस्ट्रेलियाका जाई रिचार्डसन तीव्र गतिमा बलिङ गर्ने खेलाडी हुन् ।पाकिस्तानका बाबर अजाम धेरै रन बबनाउने र स्थिर भएर खेल्न सक्ने खेलाडी हुन् । त्यसै गरी अफगानिस्तानका राशिद खान कम उमेरमा करियर बनाउने खेलाडी हुन् ।