अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघद्वारा संघर्षको चेतावनी

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघले आफूलगायत अन्य मजदुर संघसंगठनहरुसँग गरिएका सहमति र संझौताहरु कार्यान्वयन नगरिए देशव्यापी संघर्षको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएको छ । यो चतावनी अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघका संयोजक बद्री चापागाईंद्वारा प्रेसित एक विज्ञप्तिमा दिइएको हो ।

विज्ञप्तिमा ‘वर्षौंदेखि होटल मजदुरहरुले उपयोग गर्दै आइरहेको दश प्रतिशत सेवाशुल्क रेष्टुरेन्ट तथा वार सञ्चालकहरुको संगठन रेबानले कटौती गरी यस क्षेत्रमा कार्यरत श्रमिकहरुको तलब ज्याला तथा सेवाशुल्कसम्बन्धी अधिकारहरुको एकपक्षीय ढंगले निर्णय सार्वजनिक’ गरेकोप्रति घोर आपत्ति प्रकट गरेको छ । संघले ‘विगतमा होटल तथा रेष्टुरेन्ट क्षेत्रका मजदुरहरुले यसका लागि गरेका संघर्ष तथा श्रमिक व्यवसायीका बीचमा भएका सहमति एवम् संझौताहरुको कार्यान्वयन’ गर्न जोडदार माग पनि गरेको छ ।

विज्ञप्तिमा सहमति तथा संझौताहरुका साथै श्रम ऐन २०७४ मा राखिएका प्रावधानहरुलाई रेबानको निर्णयले ठाडो चुनौती दिएको भनी यसको भर्त्सना पनि गरिएको छ । यदि यसमाथि पुनर्विचार नगरिए मजदुरहरुको हक, हित र जीविकाका कुराहरु उठाएर संघर्षमा जाने भनी निर्णय गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दश प्रतिशत सेवा शुल्क नलिने गरी सत्तापक्षीय तथा सरकारी ट्रेडयुनियनहरुसँग गरिएका सहमति र संझौताहरुको यथाशिघ्र खारेजीको माग पनि गरिएको छ । सत्ताधारी पार्टीका ट्रेड युनियनहरु र रेबानबीच भए/गरिएका माजदुरमारा संझौता र सहमतिहरु अबिलम्ब खारेजीको माग पनि गरिएको छ ।

विज्ञप्तिको अन्त्यमा, मजदुरहरुले आर्थिक लगायतका कुनै पनि मागहरु राख्न नपाउने, कथित ट्रेड युनियनमार्फत् मात्र आफ्ना धारणा राख्न पाउने भनी हान र ट्रेड युनियनबीच भएको अवैधानिक संझौता खारेज गरी अर्थवाद, ट्रेडयुनियनवाद, दलाल तथा नोकरशाही, आईएलओवादीहरुसँग लड्दै मजदुरहरुको हक हितको रक्षाका लागि देशभरका मजदुरहरु एक भई संघर्षमा साथ दिन  अपिल पनि गरिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ :