ललितपुर । क्रान्तिकारी युवा लिग ललितपुरको मंगलवार सम्पन्न एक वैठकले भेला आयोजक समिति निर्माण गरेको छ । मंगलवार बिहान ललितपुरको कुपण्डोलस्थित जिल्ला कार्यालयमा सम्पन्न वैठकले ७ सदस्यीय भेला आयोजक समिति गठन गरेको हो ।
भेला आयोजक समिति गठन गरिए लगत्तै बसेको वैठकले फागुन २५ गते ललितपुरमा क्रान्तिकारी युवा लिगको विसाल भेला आयोजना गर्ने निर्णय लिएको छ । उक्त भेलाको तयारीका लागि जिल्लाभित्र रहेका नगरपालिका तथा गाउँपालिकाहरुमा वैठक÷भेला तथा सम्मेलन सम्पन्न गरी जिल्लाको भेलाको तयारी गरिने पनि बताएको छ । यसै क्रममा लिगको सदस्यता वितरणको कामलाई तिब्रता दिइने पनि बताइएको छ ।
कार्यक्रममा प्रदेश नम्बर ३ क्रान्तिकारी युवा लिगका फ्र्याक्सन इञ्चार्ज क. वसन्त, पार्टीका जिल्ला इञ्चार्ज क. भाष्कर, जिल्ला सेक्रेटरी क. दीपक, क्रान्तिकारी युवा लिग ३ नं. प्रदेश संयोजक क. केशव र जिल्ला पार्टी सचिवालय सदस्य क. विश्वासको उपस्थिति रहेको थियो । कार्यक्रम क्रान्तिकारी युवा लिगका संयोजक क. रोमनको अध्यक्षतामा सम्पन्न भएको थियो ।