रहेनन् घाँसै काट्ने खुर्केरका लाेकगायक बुद्धिकृष्ण लामिछाने

रहेनन् घाँसै काट्ने खुर्केरका लाेकगायक बुद्धिकृष्ण लामिछाने

काठमाडौं । लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित उनकै निवासमा निधन भएको हो ।

विभिन्न रोगबाट लामो समयदेखि पीडित रहेका लामिछानेका शुक्रबार निधन भएको पुष्टि उनको उपचारमा सहयोग गरिरहेका विनयजंग बस्नेतले बताए ।

सहयोगी बस्नेतका अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछानेका २ छोरा रहेका छन् । स्व.लमिछानेका घाँसै काट्ने खुर्केर लगायतका लोकगीतहरु निकै चर्चित छन् ।