सुर्खेतमा माओजयन्तीसँगै जिल्ला बैठक सम्पन्न

सुर्खेतमा माओजयन्तीसँगै जिल्ला बैठक सम्पन्न

वीरेन्द्र नगर । सुर्खेतको सदरमुकाम वीरेन्द्र नगरमा माओ जयन्तीसँगै नेकपा (क्रान्तिकारी माओवादी) को जिल्ला समितिको पूर्ण वैठक सम्पन्न भएको छ । १२६ औं माओ जयन्तीका अवसरमा एक नयाँ स्पिरिटका साथ वैठकले केन्द्रीय समितिले लिएका निर्णयहरुलाई सुर्खेतको विशिष्टतामा लागू गर्ने सकिने गरी कार्यक्रमहरुका रुपमा निर्माण पनि गरेको छ ।

वैठकमा केन्द्रले निर्माण गरेको मेची–महाकाली अभियान, जनयुद्ध दिवस, जनआन्दोलन दिवस तथा शहीद, वेपत्ता र घाइतेअपांगहरुसँग जोडिएका कार्यक्रमहरु थप ठोस गरिएका छन् । यसकासाथै युवा तथा जनपरिचालनका लागि ठोस कार्यक्रमहरु निर्माण गरिएका छन् ।

फागुन १३ गते आयोजना गरिएको प्रदेशस्तरीय जनप्रदर्शनका कार्यक्रममा विसाल जनसहभागिताका लागि पहल गर्ने निर्णय गरिएको छ । चैत्र २४ गतेको जनसभा तथा विरोध प्रदर्शनको तयारी पनि भव्य रुपमा गर्ने निर्णय लिइएको छ । देशको सीमाना तथा भ्रष्टाचार र कमिसन तथा घुसखोरीहरुको नियमित अनुगमन गरी लिस्ट संकलन गरिने भएको छ ।

फागुन १ गतेको युवा मार्च पासलाई भव्यरुपम सम्पन्न गर्न तयारी गर्ने निर्णय पनि गरेको छ । जिल्लाव्यापी वालपेन्टिङ गरिने निर्णय गरिएको छ । साथै, उत्पादनका लागि कार्यक्रमहरु बनाउने र लागू गर्ने निर्णय पनि लिइएको छ ।

यसका साथै, बाँकी रहेका जनवर्गीय संगठनहरु तथा मोर्चाहरुका भेला, सम्मेलन, गठन, पुनर्गठनका कामहरु पनि यसै अवधिमा पूरा गरिने निर्णय गरिएको छ ।

वैठक जिल्लाका सेक्रेटरी सुजातको अध्यक्षता र जिल्ला इञ्चार्ज आशमानको आतिथ्यमा सम्पन्न भएको थियो ।