ओली–दाहाल पछि हटे, वैठक स्थगित

ओली–दाहाल पछि हटे, वैठक स्थगित

काठमाडौं । मंसीर २९ गतेदेखि पौष १३ गतेसम्म अनियमित रुपमा बस्दै आएको सत्ताधारी पार्टी नेकपाको बैठकले अध्यक्ष द्वयद्वारा प्रस्तुत गरिएको दस्तावेज व्यापक रुमा थपघटसहित परिमार्जन गरी स्थायी समितिको वैठकबाट पारित गराउने भनी सहमतिका साथ टुंगोमा पुगी तयारीको समयका लागि केही दिन वैठक स्थगित गरेको छ ।  

पहिले अध्यक्षहरुको दस्तावेज माथि कुनै काँटछाँट नगरी जस्ताको तस्तै पारित गराउन वैठकमा उपस्थित स्थायी समिति सदस्यहरुमाझ प्रस्ताव गरिएको थियो । तर स्थायी समिति सदस्यहरुले आफ्ना मतहरु नोट अफ डिसेन्ट मार्फत् राख्ने भनेपछि दस्तावेजमा सुझाव तथा आलोचनाहरु समेटेर राखिने र परिमार्जन गरिने सहमति बनेको थियो ।

विहीवार साँझ अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दिएको जवाफबाट वैठकमा दुईतिहाई बहुमत सन्तुस्ट नभएपछि ओली–दाहाल पछि हटेका थिए । त्यसपछि अर्को दिन वा शुक्रवार बिहान बसेको बैठमा राजनीतिक प्रतिवेदनका बारेमा दिइएको सल्लाहअनुसार व्यापक परिमार्जन गरिने र स्थायी समितिको वैठकबाट पारित गरिने सहमतिसहित टुंगो लगाइएको थियो ।

बैठकमा उपस्थितहरुको कुरै सुन्न नचाहने र आफ्ना थोत्रा तर्कहरु मात्र अघि सार्ने तथा कहिले ह्विप त कहिले अनुशासनका कुराहरु तेर्स्याएर तर्साउन खोज्ने ओली–दाहालको तरिकाले फ्लप खाएको छ । गल्ती पनि गर्ने र गरेका गल्तीहरु स्वीकार पनि गर्न नसक्ने भएपछि उनीहरु चौतर्फी आलोचनाको घेरामा परेका थिए । आलोचनाको केन्द्रमा केपी ओली परे पनि दाहालको पनि कम आलोचना भने भएको थिएन ।

एमालेछँदा माधव नेपाल र झलनाथ खनालका विरुद्ध खेल्न जत्तिको सहज र रमाइलो केपी ओलीलाई भएको थियो, यो पटकको बैठकमा आफू अचानोमाथि पर्दा उनलाई उत्तिकै सकस र आपद् आइपरेको उनका निकष्थहरु बताउन थालेका छन् । माओवादी छँदा ‘सुप्रिम कमाण्डर’ र ‘श्रद्धेय अध्यक्ष’ भएका पुष्पकमल दाहाल अहिले आलोचनाको कौडीमा जोखिनु पर्दा भविष्य अध्याँरो देख्न थालेको उनकै आफन्तहरुले भन्दै हिंडेका छन् ।

वैठकमा बढि आलोचना भएका विषयहरुमा सरकारको पूर्ण असफलता, अनियमितता, कमिसन र माफियागिरीको चलखेल, भ्रष्टाचारी आचारका मानिसहरु सरकारमा लगिएको, पार्टीभित्र व्यालेन्स नमिलाएको, एशिया प्यासिफिक सम्मेलनका नाममा होली वाइनले शेचन गरेको, भिजन नभएको, गाइजात्रे तालामा सरकार चलाएको, देशको सीमाना हराएको, महंगी बढाएको, निर्मला पन्तको हत्यारा पत्ता लगाई जनतामा सुरक्षाको अनुभूत गराउन नसकेको आदि कुराहरु उठाइएका थिए ।

वैठकमा उठाइएका कुराहरु, आलोचना, सुझाव र फरक मतहरुलाई दस्तावेजमा समावेश गरी पूर्ण रुपमा परिमार्जित गरिने भनिएपछि अर्को पटक स्थायी समितिको वैठक नबस्दासम्म नेकपाको वैठक स्थगित गरिएको छ ।