कैलाली । क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिम प्रदेश समितिको भेला सम्पन्न भएको छ । भेलाले संयोजकमा धनन्जय अवस्थीलाई निर्वाचित गरेको छ । कैलालीको अत्तरीयामा शनिबार (आज) सम्पन्न भेलाले अवस्थीको नेतृत्वमा २ सदस्य पछि थप्ने गरी नौं सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको हो ।

हार्दिक शुभकामना !

निर्वाचित समितिको सदस्यमा धनन्जय अवस्थी (मूलबाटो डटकम) कञ्चनपुर, भुवन भट्ट (महाकाली एफएम) कञ्चनपुर, अंकिता भट्ट (झलारी एफएम) कञ्चनपुर, भिमबहादुर बिक (कोसेली एफएम) कैलाली, प्रेम बोहरा (वर्गदृष्टि साप्ताहिक) डडेल्धुरा, दशरथ साउद अमरगढी एफएम) बझाङ, भानुभक्त ढकाल (हरपलनेपाल डटकम) अछाम रहेका छन् ।

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यता तथा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य एवं सुदुरपश्चिम प्रदेश सेक्रेटरी अटलको विशेष आतिथ्यतामा सम्पन्न भेलालाई क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज डायमण्ड, केस तथा कञ्चनपुर इन्चार्ज क्षितिज, कैलाली पार्टी सेक्रेटरी आरपी, कञ्चनपुर पार्टी सेक्रेटरी विक्रान्त, अछाम पार्टी सचिव कैलाश, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी, अखिल (क्रान्तिकारी)का नेता रामबहादुर महरालगायतले भेला सफलताको शुभकाना दिएका थिए । भेलामा प्रदेश अन्तर्गतका जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । भेलाका प्रमुख अतिथि तथा विशेष अतिथिले क्रान्तिकारी पत्रकार महासंघले खेल्नुपर्ने भूमिकाका विषयमा चर्चा गरेका थिए ।
भेलापछि बसेको नवनिर्वाचित कमिटिको पहिलो बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा देखिएका समस्याबारे पत्रकारीता मार्फत् जनआवाजहरु बुलन्द पार्ने, साना लगानीका मिडियाको हक, हित, संरक्षणका लागि सम्बद्ध निकायहरुसँग छलफल गर्ने, ज्ञापन पत्रसहित संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने, पेशागत सुरक्षा, श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन लगायतका मुद्दाहरु सशक्त रुपमा उठान गर्ने लगायतका विषयमा महत्वपूर्ण निर्णय समेत गरेको छ ।

उक्त बैठकले नवनिर्वाचित प्रदेश समिति सदस्यहरुको कार्य विभाजन समेत गरेको छ । कार्य विभाजन अनुसार दार्चुला कार्यालय, कैलाली भिम बिक, डोटी डढेल्धुरा र वैतडी प्रेम बोहोरा, बाजुरा र अछाम भानुभक्त ढकाल, बझाङमा दशरथ साउदलाई जिम्मेवारी तोकेको छ ।

पछिल्लो समयमा क्रान्तिकारी पत्रकार महासंघ देशव्यापी रुपमा संगठन निर्माण तथा भेला, प्रशिक्षणको तयारीमा जुटिरहेको छ । यसअघि प्रदेश नम्बर चारको भेला पोखरामा सम्पन्न गरेको महासंघले यसपछि अन्य प्रदेशहरुमा समेत तयारी गरिरहेको जनाएको छ ।

महासंघले प्रदेश तथा जिल्ला स्तरका भेला, प्रशिक्षणहरु माघ अन्तिमसम्म सक्दै फागुनको अन्तिमसम्म संगठनको राष्ट्रिय सम्मेलन गर्ने व्यापक तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर