मुख्यमन्त्री गुरुङले सामन्ती अहंकार देखाएपछि आक्रोशित बने क्रान्तिकारी युवाहरु

मुख्यमन्त्री गुरुङले सामन्ती अहंकार देखाएपछि आक्रोशित बने क्रान्तिकारी युवाहरु

पोखरा । सामन्ती राजा महाराजाको बिडो अहिले डबल नेकपाका नेताहरुले धानीरहेका छन् । सामन्ती दम्भ र घमण्डले उदण्ड बन्दै आएका उनीहरु बेला बेलामा सार्वजनिक विवादमा आउने गरेका छन् । पछिल्लोपटक ४ नं. प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विगतका सामन्ती शासकहरुलाई बिस्र्याउने खालको रवैया देखाएका छन् । त्यो पनि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगका नेताहरुसँग । सत्तासिन डबल नेकपाका नेताहरुलाई कति धेरै सत्ताको मात लागेको छ र उनीहरु कति धेरै कमण्डले चुर बनेका छन् भन्ने कुरा शुक्रबार गुरुङले प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री गुरुङसँग क्रान्तिकारी युवा लिगका नेताहरुले ज्ञापन पत्र बुझाउने भनी उनका राजनीतिक सल्लाहकारसँग गोविन्द नेपालीसँग समय मिलाएका थिए । नेपालीले मिलाएको समयमै गुरुङको कार्यकक्षमा पुगेका क्रान्तिकारी युवाहरुलाई उनले दुईघण्टासम्म कुराए । त्यसपछि पनि उनले क्रान्तिकारी युवा लिगका नेताहरुलाई भेट्न अनिच्छा देखाए । युवाहरुले किन हो भेट्न नचाहेको भन्न थालेपछि उनले आफ्नो कार्यकक्षमा नभई आँगनमा उभिएर ज्ञापन पत्र बुझे । त्यो पनि ठालुको ठाँटमा । उनको यस्तो व्यवहारप्रति आक्रोशित हुँदै क्रान्तिकारी माओवादीका युवा नेता नारायण अधिकारीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “गण्डकी प्रदेश (४ नं. प्रदेश)का मुख्यमन्त्री यति धेरै घमण्ड चडेका सामन्तवादका नायक रहेछन् कि हाम्रो गौरवशाली संगठन क्रान्तिकारी युवा लिग ४ नं.प्रदेश समितिको ज्ञापनपत्रसमेत कार्यकक्षमा लिन तयार भएनन् । जबकि यिनलाई हामीले २ घन्टा कु¥यौं । हिजै उनका राजनीतिक सल्लाहकार गोबिन्द नेपालीसँग समय मिलाइएको थियो । सायद उनले हामीलाई एक्काइसौं सताब्दीको अक्षुत सम्झे होलान् । आँगनमा आएर मात्र पत्र बुझे । धिक्कार छ तिम्रो सोचाईलाई । के तिम्रो घटिया ब्यवाहारले हाम्रो विचार र आन्दोलन समाप्त होला र ?”

ज्ञापन पत्र बुझाउँदै क्रान्तिकारी युवा लिग प्रदेश नं ४ का संयोजक एवं केन्द्रिय सदस्य उत्तम थापाले आफ्ना ३६ बुंदे मागहरु कार्यान्वयनमा नल्याए भयानक परिस्थिति सिर्जना हुने जानकारी गराए ।

ज्ञापन पत्र बुझाउन नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवं युवा नेता नारायण अधिकारी, क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय सदस्य ईन्द्र गुरुङ, लिगकै केन्द्रिय सदस्य तिलक अधिकारी लगायतको टोली गण्डकी प्रदेशको मुख्य कार्यालय पुगेको थियो ।

क्रान्तिकारी युवाहरुलाई यसरी अपमानित गरेपछि उनीहरु अहिले आक्रोशित बनेका छन् । उनीहरुले गुरुङलाई बुझाएको ज्ञापन पत्रमा बेरोजगार युवाहरुलाई रोजगारी दे, नभए बेरोजगार भत्ता दे, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका विकराल समस्याको समाधान गर, हत्या, हिंसा तथा असुरक्षाको स्थितिको अन्त्य गर, लगायतका मागहरु अगाडि सारेका छन् । स्मरण रहोस् कि क्रान्तिकारी युवा लिगले यसअघि १, २, ३ र ५ नं. प्रदेशमा युवाहरुका मागहरुलाई समेटेर ज्ञापन पत्र बुझाइसकेको छ र उसले अब ती मागहरु पूरा गराउन चरणबद्ध दबाबमूलक आन्दोलनको तयारी गरिरहेको पनि जनाएको छ ।