काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को नवगठित केन्द्रीय सल्लाहकार समितिको बैठक नवलपरासीको बर्दघाटमा शनिबार सम्पन्न भएको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले सल्लाहकार समितिको संयोजकमा ओम गुरुङलाई चयन गर्दै ३१ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ । उक्त समितिका सदस्यहरुमा जगत श्रेष्ठ, सुर्यबहादुर नकर्मी, पुष्पगोपाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, पारसनाथ यादव, शालिकराम भण्डारी, कुमार थापा, ज्ञानेन्द्रमान श्रेष्ठ, निजाम्मुद्दीन, कमल देवकोटा, दिपक केसी, खड्ग मल्ल, मानध्वज श्रेष्ठ, ऋषिराम थारु, माधव खनाल, कुलराज अधिकारी, शर्मा, भुलबहादुर सुनारी, भवानी पाण्डे, इन्द्रध्वज गुरुङ, जयबहादुर शाही, टंक पोखरेल, चुडामणि बराल, उदय बस्नेत, भूमिश्वर कँडेल, पृथ्वी कार्की, डा. सुरेन्द्र खनाल, कृष्ण भण्डारी, डिल्लीजंग गुरुङ, राममणि अधिकारी रहेका छन् ।
सल्लाहकार समितिका जेष्ठ सदस्य इन्द्रध्वज गुरुङको अध्यक्षतामा बसेको पहिलो बैठकले डा. गुरुङलाई चयन गरेपछि डा. गुरुङको अध्यक्षतामा दोस्रो बैठक बसेको थियो । बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, वर्तमान परिस्थिति, संगठन, संघर्ष, आर्थिकलगायतका अजेण्डामाथि व्यापक छलफल चलाई पार्टीलाई वस्तुगत परिस्थिति क्रान्तिका लागि अनुकूल रहेकोले संघर्षका कार्यक्रमहरु तर्जुमा गरी देशव्यापी संघर्ष सञ्चालनका लागि सुझाव दिएको छ । ंबैठकले पार्टी कमिटिहरुमा लेवीलाई नियमित गराउन, आर्थिक उत्पादनमा जोड दिन, पार्टीका विचार, दर्शनलाई जनताको घर घरमा पु¥याउन पार्टी प्रकाशनका ग्राहकलाई व्यवस्थित बनाउनु पर्ने, भारत, फिलिपिन्स र टर्की लगायतका देशमा आन्दोलनरत कम्युनिस्ट तथा माओवादी पार्टीहरुसँग भाइचरा सम्बन्ध विस्तारमा ध्यान दिनुपर्नेलगायतका सुझाव दिएको समितिका संयोजक डा. गुरुङले बताए ।