काठमाडौं । मालदिभ्समा राष्ट्रपतिय निर्वाचनको मत गणना जारी छ । तर हालसम्मको मत गणनाअनुसार विपक्षी नेता इब्राहिम मोहमद सोलिहले आफूले गणना भएको मतको आधारमा विजय हुने दाबी गरेका छन् । उनका समर्थकहरु सडकमा विजय प्रदर्शन मनाउन निस्किएका जस्तो भावमा देखिन थालेका छन् ।
वर्तमान राष्ट्रपति यामिनको मत कम आएको भनिएको छ । तर निर्वाचन आयोगले यस्तो कुनै पनि कुरा सार्वजनिक गरेको छैन । दुईतिहाई भन्दा बढी संख्यामा गणना गरिसकिएका मतपेटिकाबाट आएको मत परिणामका आधारमा विपक्षी उम्मेदवार सोलिहले वर्तमान राष्ट्रपति यामिनले हार स्वीकार गर्नुपर्ने बताएका छन् ।
निर्वाचन परिणाम जे सुकै र जस्तो सुकै होस् तर चर्चा भने कुन विदेशी पावरको प्रभाव बढी छ र कसको कमी छ भनेर विश्लेषण गरेर हेरिन थालिएको छ । पहिले पहिले विश्वका महाशक्ति राष्ट्रहरुको पावर र प्रभावका आधारमा गरिने यस्ताखाले अनुमान र विश्लेषण अहिले आएर क्षेत्रीय शक्तिहरुको पावर र प्रभावको पनि अनुमान हुुन थालेको छ ।
हालै आएर मालदिभ्सको बाहिर आइरहेको मतपरिणामलाई चीन र भारतमध्ये कसको पकड बलियो भनेर हेरिएको छ । वर्तमान राष्ट्रपति यामिन चीन नजिकका मानिन्छन् भने सोलिह भारत र अमेरिकाको निकटका मानिन्छन् । चीन सरकारले यामिनको सकारमार्फत् मालदिभ्सको भैतिक पूर्वाधारमा ठूलो लगानी गरेको छ ।