भक्तपुर, असोज ५ । भक्तपुरको सूर्यविनायक–९ हवनवमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

बा९ख ९४५४ नम्बरको बनेपा तिर जादैबसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

हार्दिक शुभकामना !

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारी छन् ।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर