सम्पदा पुनर्निर्माणमा पुरानै मापदण्ड

प्रकाशित मिति : २०७५ आश्विन ५

काठमाडौं । नेपालमा २०७२ सालमा गएको भूकम्पबाट नेपाली सांस्कृतिक सम्पदाहरु ढल्न र चर्कन पुगेपछि तिनको मर्मत तथा सम्भारका लागि नेपालको राष्ट्रिय बजेट पनि छुट्टयाइयो । र, विदेशीहरुले संपदा संरक्षणका नाममा केही मोटो रकम पनि उपलब्ध गराए । तर निर्माण कार्यले भने गति लिएन ।

लामो समयसम्म विश्व सम्पदाको सूचीमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका भवनहरु निर्माणका बारेमा बहसहरु चले पनि । तर सरकारले उक्त बहस र मर्मअनुसार काम गर्न गराउन गम्भीरताका साथ कदम चालेन । यसमा स्थानीय जनता र सरकारका बीचमा विवाद कायमै रह्यो ।

ढिलै भएपनि सरकारले निर्माणका लागि ठेक्कापट्टा दिएर काम सुरु गर्यो । तर निर्माण सामग्रीमा विवाद देखियो । यो विवाद चर्को पनि भयो । र, निर्माण सामग्रीका रुपमा प्रयोग गरिएको सिमेन्ट लगायतका केही सामग्रीहरुको प्रयोगमा स्थानीय तथा पुरातत्वविदहरुको गम्भीर असहमति रह्यो ।

हाल सम्पदा निर्माणका लागि पुरानै मापदण्ड अनुसार काम गरिने सहमति भएको छ ।