अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे

अख्तियारको प्रमुख आयुक्तमा नवीन घिमिरे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीन घिमिरे नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिबाट प्रमुख आयुक्तमा घिमिरेको नाम अनुमोदन भएपछि उनी प्रमुख आयुक्त हुने भएका हुन् ।

घिमिरे सुनुवाइ समितिबाट अनुमोदन हुनु पूर्व अख्तियारको कार्यवाहक प्रमुख रहेका थिए । बिहीवार संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि उनी प्रमुख आयुक्तको जिम्मेवारीका लागि उनी योग्य ठहरिएका हुन् ।

सुनुवाइ समितिमा उनको नाम अनुमोदनका लागि संवैधानिक परिषदले सिफरिस गरेको थियो । सिफरिस पश्चात् उनले विशेष सुनुवाई समितिमा सोधिएका प्रश्नहरुको जवाफ दिएका थिए । जवाफ सन्तोषजनक भएपछि घिमिरे प्रमुख आयुक्तमा सर्वसम्मत अनुमोदन भएका थिए ।