काठमाडौं । नेपाल र मलेसियाबीचमा बिग्रिएको रोजगारीको समबन्धलाई सुधार गर्न छिट्टै नै एक संझौता हुँदै छ । यो संझौताअनुसार नेपालले हालसम्म गुमाएको रेमिटेन्स पुनः प्राप्त गर्न थाल्ने छ । पछिल्लो चरणमा गरिएको आर्थिक हिसाब अनुसार नेपालले प्रतिमहिना ६० करोड रेमिट्यान्स मलेसियाबाट गुमाउँदै आएको छ ।
नेपालले गर्ने र पठाउने वैदेशिक रोजगारीमा एकतिहाई भाग मलेसियासँग हुने गरेको छ । मलेसिया नेपाली रोजगारका लागि निकै मन पराइएको ठाउँ हो । विगतमा नेपाल सरकारकै कारण बिग्रन पुगेको सम्बन्धलाई सम्हाल्न लामो समयको प्रतिक्षा गर्नु परेको छ ।
हाल राजस्वमा आइरहेको ह्रासलाई कम गर्न यो संझौताले ठूलो टेवा पुर्याउने छ ।