काठमाडौं । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले आयोजना गरेको संघर्षप्रति नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले ऐक्यबद्धता जाहेर गरेको छ ।
स्वतन्त्र सवारी चालक संघर्ष समितिले परिचालकलाई अनिवार्य गरिएका अनुमतिपत्र खारेज गरिनु पर्ने, दुर्घटना हुँदा चालकलाई जन्मकैदको सजाय दिने सम्बन्धी धारा खारेजी गरिनु पर्ने, ट्राफिक प्रहरीको ज्यादती, मालिकहरुबाट हुने शोषणको अन्त्य, विनाकसुर जेल सजाय काटिरहेका चालकहरुको रिहाई गरिनुपर्ने, निजी र सरकारी चालकहरुमाथिको विभेद अन्त्य गरिनुपर्ने लगायतका १३ बुँदे माग राखेर २ असोजबाट गरिने संघर्षप्रति क्रान्तिकारी यातायात मजदुर संघले ऐक्यबद्धता जाहेर गरेको हो ।
अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष कविन्द्र मोक्तानले एक वक्तव्य जारी गरी ऐक्यवद्धता जाहेर गरेका हुन् ।