संसदमा संकटकाल लगाएर १२ घण्टाभित्रै १७ वटा विधेयक पारित गरिंदै

संसदमा संकटकाल लगाएर १२ घण्टाभित्रै १७ वटा विधेयक पारित गरिंदै

काठमाडौं । संसदले निर्माण गर्नुपर्ने मौलिक अधिकारसम्बन्धि कम्तिमा १७ वटा विधेयक त्यसै बाँकी छन् । ती विधेयकमा के छ र कस्ता छन् भन्ने कुरा विधेयक पारित गर्ने संसदहरुलाई पनि थाह छैन । हरेक विधेयक कानुनका रुपमा पास हुँदा मानिनु पर्ने सार्वभौम मान्यता भनेको ‘विधायिकाको मनसाय’ हो ।

जव कि विधायक वा संसदहरुलाई यसका बारेमा केही पनि जानकारी र अत्तोपत्तोसम्म पनि छैन । यी १७ वटा विधेयकहरु ५ दिनभित्र पास गरिसक्नु पर्छ । यसलाई फास्ट ट्रयाकमा लैजाने नाममा यी विधेयकहरुको अध्ययन, बहस र सम्बन्धित सरोकारवालाहरुको राय सुझाब लिने सबै प्रक्रियालाई हटाउन र कटाउन ‘नियम निलम्बन’ गरिने भएको छ । त्यसपछि ती सबै अध्यादेशका रुपमा पास हुने छन् । यो भनेको संसदभित्र विधेयक पास गर्दाको संकटकाल लागु गरिनु हो । जहाँ सांसदहरु घोप्टो मुन्टो लगाएर चिम्म गरी टेबुल ठोकेर जे पनि पास गरिदिन्छन् ।

यो बेलामा विधायकको मनसाय होइन, विधायकको थपडीमात्र आवश्यक हुन्छ, त्यो पनि संकटकाल लगाएर । यो संकटकाललाई ‘द्रुत मार्ग’को नामाकरण गरिएको छ । यो द्रुत मार्ग अन्तर्गत १२ घण्टाभित्रै १७ वटा विधेयकहरु पास गरिने भएका छन् ।

यसले सरकार निरंकुश बन्दै गएको स्वतः प्रतित हुन्छ । यसका साथै के पनि आशंका गरिएको छ भने जसमाथि नियमन हुनु र गरिनु पर्ने हो उसैलाई उन्मुक्ति दिने गरी यी विधेयकहरु ड्राफ्ट गरिएका छन् । यी विधेयक जनविरोधी र दलाल, नोकरशाह तथा बिचौलियाको स्वार्थ अनुसार ड्राफ्ट गरिएका छन् ।

यो जनविरोधी चरित्रलाई लुकाउन पनि संसदमा संकटकाल थोपरिन लागिएको छ ।