पोखियो रोमन क्याथोलिक पादरीहरुको धार्मिक पाखण्ड

पोखियो रोमन क्याथोलिक पादरीहरुको धार्मिक पाखण्ड

काठमाडौं । जर्मनीमा रोमन क्याथोलिकहरुको धार्मिक पाखण्ड अक्षम्य रुपमा सतहमा देखा परेको छ । रोमन क्याथोलिक पादरीहरुले चर्चमा वालवालिकामाथि गर्ने गरेका यौन कुकृत्यका फेहरिस्त एकपछि अर्को गरी बाढी लागेर सार्वजनिक हुँदै गरेका छन् । यो संसारका लागि र विशेष गरी क्रिश्चियनका लागि सर्वाधिक लज्जा र विडम्वनाको विषय हो ।

बेलबेलामा यौनहिंसा र बलात्कारका घटनाहरु चर्चामा आउने र त्यसलाई ढाकछोप गरिने भए पनि पाप धुरीबाट कुर्लन्छ भने झैं पादरीका कुकृत्यहरु ढाक्नै र लुकाउनै नसकिने भएपछि चर्चभित्र हुने गरेका वालयौनहिंसाका कुरा छताछुल्ल भएका छन् ।

हालको चर्चकै आन्तरिक अनुसन्धान अनुसार पनि जर्मनीमा ३ हजार पादरीहरु यस्ता कुकर्ममा मुछिएको पाइएको छ । हालसम्म तीबाट पीडित चार हजार बालबालिकाहरुकालाई उद्दार गरिएको जनाइएको छ भने अन्य कैयौंको खोजी भइरहेको बताइएको छ ।

हालसम्म बलात्कारका केसहरु पनि निकै आएका तर तिनलाई साधारण अनुशासनको कारवाही मात्र गरिएको बताइएको छ ।