थापाथली प्रशुती गृहको प्रशुती सेवामा कठिनाइ

थापाथली प्रशुती गृहको प्रशुती सेवामा कठिनाइ

काठमाडौं । थापाथलीस्थित प्रशुति गृहले प्रशुतिहरुका लागि सेवा दिने ठाउँ र शयन कक्षको कठिनाइ भोगिरहेको छ । यो कठिनाई वर्षौ पहिलेदखिको हो । तर स्वास्थ्य मन्त्रालयले यसलाई देखेको नदेख्यै गरिरहेको छ ।

हाल विरामी तथा प्रशुतिहरुलाई अस्पतालको बाहिर पेटीमा राखेर उपचार गरिइरहेको छ । त्यहाँ बाक्लो म्याट्रेस राखेर उनीहरुलाई उक्त सेवा दिइराखिएको हो । थापाथलीमा आएका बिरामी तथा प्रशुतीहरुलाई अन्यत्र रिफर गर्ने पहिलेदेखि नै चलन छैन । त्यसैले त्यहाँ आएका सबैलाई जसरी पनि मिलाएर सेवा दिने गरिएको नर्सहरुको भनाइ छ ।

गर्मी याम भएकाले सर्जरी गरिएका घाउहरु पाक्ने र घाउहरु सुक्न समय लाग्ने भएकाले बिरामीको चाप पनि बढिरहेको छ । साथै नयाँहरुले उनीहरुको पालो लामो समय लगाएर कुर्नुपर्ने बाध्यता पनि रहेको छ ।