इङ्ल्याण्डमा रेडबुलजस्ता इनर्जी ड्रिंक्समाथि प्रतिबन्ध

इङ्ल्याण्डमा रेडबुलजस्ता इनर्जी ड्रिंक्समाथि प्रतिबन्ध

काठमाडौं । इंल्याण्डमा पछिल्लो पटक गरिएको स्वास्थ्यसम्बन्धी खोजमा हालसम्म निकै प्रचारमा ल्याएर बिक्रि भइरहेका इनर्जी ड्रिंक्स स्वास्थ्यका लागि हानिकारक भएको बताइएको छ । यो खोजको निष्कर्षपछि त्यहाँको सरकारले हाइजेनिक मानिने यी ड्रिंक्समाथि प्रतिबन्ध लगाइने घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री टेरिजा मेले यस्तो निर्णय सरकारी स्तरबाटै लिइसकिएकाले यो छिट्टै लागु हुने बताएकी छिन् । खोजबाट प्राप्त निष्कर्षमा भनिएको छ– यी ड्रिंक्समा स्क्याफिन र चिनीको मात्रा निकै बढी हुने भएकाले यसलाई एक हानिकारक पेयका रुपमा लिइएको हो ।

यसको कम्पोजिशन र सेवनपछि यसले शरीरमा तन्दुरुस्ती भन्दा पनि अस्वस्थता ल्याउने गरेको बताइएको छ । शरीरमा अत्यधिक मोटोपन ल्याउने र अल्छी बनाउने यसका बाहिर देखिने नकारात्मकता हुन् । तर पनि शरीरमा यी पेयले अस्वस्थता पनि उत्तिकै निम्त्याउने गरेको अनुसन्धानले देखाएको छ ।

शरीर मोटो हुने र बच्चाबच्ची रिसाउने तथा ध्यान केन्द्रित पनि नहुने गराएको बताइएको छ । यसको उत्पादन तथा वितरणकर्ताहरुले यसमा रहेका कमी र कमजोरीहरु हटाउने र स्वस्थ बनाएर बजारमा ल्याउने भने पनि सरकार यसमा सहमत नभएको बताइएको छ ।
अब रेडबुल जस्ता ड्रिंक्स बेलायतमा पाइने छैनन् ।