नेपालको कैलाली जिल्लास्थित घोडाघोडी तालको संरक्षण जरुरी

नेपालको कैलाली जिल्लास्थित घोडाघोडी तालको संरक्षण जरुरी

काठमाडौं । घोडाघोडी ताल नेपालको एक रमाइलो प्राकृतिक सिमसार क्षेत्रको रुपमा संरक्षण र विकास गरिएको प्राकृतिक ताल हो । महाभारतको तल्लो तथा तराईको पश्चिम सिह्रानमा रहेको यो क्षेत्रलाई रातो टाउके जंगली हाँसका लागि संरक्षित इलाकाको रुपमा लिइन्छ ।

त्यस वरपर ४५० भन्दा बढी प्रजातिका वानस्पतिक प्रकारहरु पाइन्छन् । प्राकृतिक बनोटका हिसावले पनि नेपाल आफैमा विविधता भएको देश हो । पहाड र तराइमा पाइने वनस्पतिहरु यो क्षेत्रमा छ्यापछ्याप्ती मिसिएका पाइन्छन् ।

यहाँ पाइने पंक्षी तथा प्राणीहरुमा रातो टाउके हाँस, सुन गोहोरो, कालो गोहोरो, छेपाराका प्रजातिहरु पाइन्छन् । त्यसै गरी गोही, रातो खपेटे कछुवा, चितुवा, ब्वाँसो, ओत तथा सामान्य रुपमा पाइने पाइने सबै प्रकारका जनावरहरु पाइन्छन् ।

तर पनि यो ताल संरक्षणका लागि निम्न खतराहरु रहिआएका छन् । यो तालका लागि बाक्लो जंगल र पानीका ससाना मूलहरु निरन्तर रहिरहन जरुरी छ । स्थानीयले बाक्लै रुपमा चराउने गरेका पशु चरन रोकिनु जरुरी छ । चोरी शिकारीले लोपोन्मुख जनावरको शिकार गरिरहेका छन् । भूस्खलनले पनि सताइएको छ ताल । वस्ती बिस्तार तालको नजिक पुगेको छ । विरुवा लोप हुँदै गइरहेका छन् ।