बिम्स्टेकमा मोदीलाई आशय प्रश्न, ओलीबाट संश्रय जवाफ

बिम्स्टेकमा मोदीलाई आशय प्रश्न, ओलीबाट संश्रय जवाफ

काठमाडौं । अहिले नेपालमा, एशियामा र विश्वमा पनि उठिरहेको स्वाभाविक जिज्ञासा हो– बिम्स्टेक सार्कको विकल्पमा आइरहेको छ । यसको पछाडिको प्रत्यक्ष प्रश्न हो भारतको छायाँको रुपमा रहेको बिम्स्टेकलाई भारतका प्रधानमन्त्री मोदीले ‘पाकिस्तान बिना’को सार्कका रुपमा विकास गराउन लागि परेका छन् ।

यो प्रश्नको जवाफ मोदीले कहिल्यै पनि दिने भनेर सोचेका सम्म छैनन् । तर नेपालीमा एउटा उखान छ ‘भात खानेलाई भन्दा जुठोपुरो खानेलाई हतार’ । संसदमा होस् या मन्त्रीमण्डलको बैठकमा, अन्तरवार्ता दिंदा होस् वा कुनै भेटघाट जहाँ पनि आउने गरेको ओली वाच्य हो, ‘बिम्स्टेक दक्षिण एशियाली सहयोग संगठन (सार्क) को विकल्प होइन’ ।

यो उनको ठोकुवालाई उनैले विहीवार काठमाडौंमा सुरु भएको चौथो बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा आफैले भने ‘बिम्स्टेकले सार्कको विकल्प होइन पुरक रहन्छ भन्ने म विश्वास गर्छु । यही नै हाम्रो वाचालाई यथार्थमा रुपान्तरण गर्ने समय हो ।’

उनका अनुसार ‘बिम्स्टेकले दक्षिण एशियालाई एशियासँग र हिमाललाई महासागरसँग जोड्छ ।’ तल्लो तटीय र उपल्लो तटीय क्षेत्रको प्राकृतिक सम्बन्धलाई कोट्याउँदै ओललीले भने ‘हामी प्राकृतिक प्रकोपलाई समान रुप भोगिरहेका छौं नै साथै हामी आफूले नगरेको काममा पनि सजाय भोगि रहेका छौं’, ‘हामी हिमालको काँखमा छौं, हाम्रा नदीहरु हिमालयहुँदै बङ्गालको खाडीमा पुग्छन् र त्यहाँबाट बादल भएर पुन यही आइपुग्छन् । तीनको गडबडीले हिमनदी तथा बाढी हामीले भोगिरहेका छौं ।’