काठमाडौं । नेपालकोे आन्तरिक फौजी मन्त्रालय गृहले हालसम्म गरेका तीनवटा फौजी कामहरुहरुमा गृह आफै तानिएको छ । सुरक्षा दिने, शान्ति कायम गर्ने र दोषीमाथि कारवाही गर्ने भन्दा पनि गृह आफै कारक बनेर अघि सर्ने गरेको छ ।

जनताले नपचाउने र साधरण आँखाले पनि देखिने तीन बदनाम फौजी काममा पहिलो, डा. केसीको जुम्ला अनसनमा हस्तक्षेप, दोस्रो, बालक खड्का अपहरणपछि हत्या र फेक इन्काउन्टर र तेस्रो, कञ्चनपुर निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीमाथि ढाकछोपका लागि निर्दोषमाथि गोली प्रहार र हत्या रहेका छन् ।

हार्दिक शुभकामना !

डा.केसीको जुम्ला अनसनमा साथ दिएका सैंयौं स्थानीयहरुमाथि लाठी चार्ज र अश्रुग्याँस प्रहार तथा आफनै नागरिकको अपहरणलाई लिएर सबैले गृह मन्त्रालयप्रति खेद व्यक्त गरेका छन् । त्यसै गरी काठमाडौं काँडाघारीस्थित निशान खड्का अपहरण र हत्यापछि ‘इन्काउन्टर’मा मारिएका भनिएका तामाङ थरका दुई अपहणकारीहरुका बारेमा पनि गहिरो आशंका जनस्तरमा नै उठेको छ ।

तेस्रो भनेको कञ्चनपुर निर्मला पन्तको बलात्कार–हत्याका दोषीमाथि छानबिनका लागि दबाब दिन उठेको संघर्षमाथि दमन, गोली प्रहार र हत्या तथा गृहको निरन्तर ढाकछोपको प्रयास जनताका आँखामा नराम्रो गरी बिझेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर