काठमाडौं । नेपालमा भदौ १४ र १५ गते दुई दिन हुन गइरहेको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भारतीय दादागिरी चरम रुपमा अभिव्यक्त हुँदै गइरहेको छ । यसलाई सहभागी राष्ट्रहरुले पनि राम्रो गरी पचाउन सकिरहेका छैनन् ।

हार्दिक शुभकामना !

पहिलो कुरा त नेपाल आफैमा बिम्स्टेकको हालको अध्यक्ष राष्ट्र हो । यसले आफ्नै देशमा चौथो शिखर सम्मेलनको आयोजना पनि गरिरहेको छ । यसका तयारीहरु पूरा गरिसकेको छ । सुरक्षा प्रबन्ध पनि मिलाएको छ । तर यसलाई चुनौती दिंदै भारतले आफ्नो कमाण्डो फोर्स नेपालमा उतारेको छ । यो एक सार्वभौम आयोजक राष्ट्रका लागि र सबै सदस्य राष्ट्रका लागि पनि लज्जाको विषय हो ।

तर यो लज्जाबोध सबै भन्दा ठूलो राष्ट्र भारतका लागि भने हुन सकेन । कूटनीतिक वृत्तमा सार्वभौम नेपालमाथि तात्कालीन नेपाली कांग्रेसको पालामा भएको यो २००७ सालदेखि २०१५ सालसम्म भएको भारतीय प्रत्यक्ष हस्क्षेप पछिको दोस्रो घटना हो । यो स्वाभिमानी नेपालीका लागि पनि त्यत्तिकै मन र मुटुछुने विषय बनन गएको छ ।

यसका साथै नेपाल आफ्नो भौगोलिक अवस्थितिका कारणले दुई ठूला छिमेकीहरुको बीचमा छ । विगतमा जस्तो भौगोलिक हिमाली श्रृंखला अब स्थायी अबरोध वा पर्खालको रुपमा रहन सक्दैन पनि । त्यसो त विगतमा पनि चीनसँग नेपालकोे सबैभन्दा पुरानो र सबैभन्दा मैत्री सम्बन्ध रहँदै आएको छ ।

तर वर्तमान बिम्स्टेकमा छिमेकी मित्र राष्ट्र चीन सदस्य नरहेको र उसको उपस्थिति नभएको अवस्थामा भारतले आकारमा सबै साना सदस्य देशहरुमा रोबरवाफ र दादागिरी देखाउन पुगेको छ । बिम्स्टेक सम्मेलन नै भएको छैन, तर तर बाहिरबाट एकलौटी रुपमा सम्मेलन पूर्व नै यही भदौ २५ देखि ३१ गतेसम्म बिम्स्टेक संयुक्त फौजी अभ्यास र सहकार्य गर्ने भनी निर्णय बाहिर ल्याइएको छ ।

सार्वजनिक गरिएको यो संयुक्त सैन्य अभ्यासमा प्रत्येक सदस्य राष्ट्रका ३० जना उच्च तहका सैन्य अधिकारी समावेश हुने पनि जनाइएको छ । यो भारतको पुणेमा हुने पनि बताइएको छ । यसका लागि भारतीय सेनापतिले नेपालका सेनापतिलाई निम्तो पनि पठाइसकेका छन् । नेपाली सेनापतिको भ्रमण स्वीकृतिका लागि मन्त्रीमण्डलको बैठकबाट पारित गर्न उक्त चिट्ठी पठाइएको पनि बताइएको छ ।

बिम्स्टेक शिखर सम्मेलन नहुँदै फौजी अभ्यासका लागि एकलौटी रुपमा गरिएको भारतीय शासक वर्गको निर्णय यसक्षेत्रमा आफ्नो वर्चस्व देखाउन र बिम्स्टेक सम्मेलनलाई प्रभावित पार्न गरिएको हर्कतका रुपमा अर्थ्याइएको छ । भलै फौजी अभ्यासको उद्देश्य भने प्रतिआतंकवाद, विपद व्यवस्थापन, सैन्य सहकार्य र मित्रताका लागि भनिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी बिम्स्टेकको पूर्व सन्ध्यामा नेपाल आउँदै गर्दा भ्रमण कार्यक्रम एक दिन छोट्याएर यही मंगलवार भारतभरबाट प्रतिष्ठित वामपन्थी लेखक, पत्रकार, साहित्यकार तथा मानवअधिकारवादी तथा नागरिक अधिकावादीहरुलाई गिरफ्तार गरी हिरासतमा बन्दी बनाएर आएका छन् । स्वयम् भारतीय सुप्रिम कोर्टले पनि ती प्रतिष्ठित व्यक्तिहरुलाई बरु उनीहरुकै घरमा नजरबन्द गराएर राख्न सकिने तर गिरफ्तार गरी हिरासतमा राख्न नमिल्ने बताइसकेको छ ।

यसलाई बिम्स्टेकको पूर्व सन्ध्यामा गरिएको एक लज्जाको रुपा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर