काठमाडौं । नेपालकाे प्रगतिशील तथा क्रान्तिकारी धारमा क्रियाशिल बौद्धिक व्यक्तित्वहरुले एक अपील जारी गर्दै केही दिनयता भारतको केन्द्रीय सत्ताले वामपन्थी विचार राख्ने तथा सत्ताका फासिवादी व्यवहारको आलोचना गर्ने केही राष्ट्रियस्तरका लेखक, प्राध्यापक, वकिल, अधिकारकर्मी तथा सामाजिक कार्यकर्ताहरुविरुद्ध व्यापक धरपकड, खानतलासी र मानसिक यातना दिने जस्ता काम गरिरहेकोप्रति गम्भीर रुपले ध्यान आकृष्ट भएको भन्दै कवि वरवर राव लगायत नजरबन्द बनाइएका सबैको रिहाइको माग गरिएको छ । अपीलमा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत अपील गरिएको छ ।
अपीलमा भनएिको छ, “स्मरणीय छ, भारतको ठुलो भूभागमा माओवादी विद्रोहीहरुले लामो समयदेखि नया“ जनवादी क्रान्तिको लक्ष्य राखेर सशस्त्र संघर्ष गरिरहेका छन् । यो निश्चित रुपले राजनीतिक संघर्ष हो र भारतीय समाजमा विद्यमान अन्तर्विरोधको परिणाम हो तर भारतीय सत्ता (विशेषतः केन्द्रीय सत्ता) ले त्यसप्रति राजनीतिक व्यवहार गर्दैन र उक्त विद्रोहलाई दबाउने नाममा लामो समयदेखि गैरन्यायिक हत्या, गिरफ्तारी र यातनाका शृङ्खला चलाउ“दै आएको छ । यसै क्रममा केही समयअघि महाराष्ट्रको भीमा कोरेगा“वमा माओवादीको आरोपमा दलितहरुमाथि भएको दमन अनि झारखण्डको पत्थलगढीमा भएको नरसंहारका विरुद्ध त्यहा“का बुद्धिजीवी, अधिकारकर्मी तथा लेखकहरुले आलोचना गर्दै निर्दोष नागरिकहरुमाथिको दमन रोक्नका लागि आवाज उठाइरहेका थिए । तर भारतीय शासकहरुलाई यो सह्य भएन र माओवादी विद्रोहीहरुलाई सघाएको आरोपमा एकै दिन एकै समयमा झारखण्डका बुद्धिजीवी स्टेन स्वामी, आन्द्रप्रदेशका पत्रकार कुरमनात, पत्रकार अनाला, दिल्लीका सामाजिक कार्यकर्ता गौतम नवलखा, प्राध्यापक आनन्द तेलतुम्डे, मुम्बईका वकिल तथा अधिकारकर्मी सुसान अब्राहम, सुधा भारद्वाज र बेरन गोन्जाविल्स, पुणेका अरुण फरेराका निवासमा गैरकानुनी ढंगले प्रहरी लगाई छापामारी गर्ने तथा मानसिक यातना दिनुका साथै घरमै नजरबन्द गरेको छ । सोही सिलसिलामा भर्खरै आन्ध्रप्रदेशका चर्चित कवि, लेखक तथा संस्कृतिकर्मी वरवर रावलाई सोही आरोपमा गिरफ्तार गरिएको समाचार प्रकाशमा आएको छ । (स्मरणीय छ यसअघि शारीरिक दृष्टिले ९० प्रतिशत विकलाङ्ग दिल्ली विश्वविद्यालयका प्राध्यापक जि. एन. साइबाबालाई माओवादीलाई सघाएकै आरोपमा नागपुर केन्द्रीय कारागारमा बन्दी बनाइएको छ) । कवि वरवर रँव र प्रा.साइबाबाको गिरफ्तारी र अन्य लेखक बुद्धिजीवीहरुलाई नजरबन्द बनाई उनीहरुलाई दिइएको मानसिक यातना नागरिकको विचार र आस्थाको स्वतन्त्रताका विरुद्धको निरङ्कुश चरित्रको द्योतक हो र भारतीय शासकहरुले भन्दै आएको लोकतन्त्रकै पनि खिलाफ हो भन्ने हाम्रो ठहर छ । विचार र आस्था राखेकै आधारमा धरपकड गर्नु र यातना दिनु अनि सामान्य नागरिकहरुलाई विद्रोहीलाई सघाएको आरोपमा नरसंहार गर्र्नु अमानवीय कृत्यसमेत हो । अतः हामी भारतीय शासकहरुको यस्तो अलोकतान्त्रिक र अन्यायपूर्ण कृत्यको तीव्र विरोध गर्दछौं र कवि वरवर राव लगायत नजरबन्द बनाइएका सबैको रिहाइको माग गर्र्दै अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न अपिल गर्दछौं ।”
भाद्र १३ मा जारी अपील जारी गर्नेहरुमा प्रा. डा. जगदीशचन्द्र भण्डारी, प्रा. डा. ताराकान्त पाण्डेय, प्रा. डा. ओम गुरmङ, प्रा. डा. नन्दीश अधिकारी, ईश्वरचन्द्र ज्ञवाली, हीरामणि दुःखी, डा. विदुर वस्ती, डा. सुकुम शर्मा, अनिल श्रेष्ठ, गौरी दाहाल, कुमार शाह, इन्द्र राउत, मोदनाथ मरहट्टा, मित्रलाल पंज्ञानी, इस्माली, छायादत्त न्यौपाने, डा. शिवनारायण यादव, लोकराज रेग्मीलगायतका बौद्धिक व्यक्तित्वहरु हुनुहुन्छ ।