काठमाडौं । इन्डोनेशियामा चलिरहेको अठारौं एशियाड खेलकुदमा नेपालले प्याराग्लाइडिङ पुरुष तर्फ दोस्रो स्थान प्राप्त गरेको छ । यो बाहेक हालसम्म भएका विभिन्न खेलका स्पर्धामा अहिलेसम्म कुनै पनि पदक नेपालले हात पारेको थिएन ।
यस स्पर्धामा स्वर्ण पदक भने जापानले हात पार्न सफल भएको छ । नेपालले आशा गरेको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा यसपाला भने पदकबिहीन भएर चित्त बुझाउनु परेको छ ।