मिन्डानाओमा शहीदहरुप्रति सम्मान र श्रद्धाञ्जली

मिन्डानाओमा शहीदहरुप्रति सम्मान र श्रद्धाञ्जली

काठमाडौं । अगस्त ९ तारेखमा पूर्वोत्तर मिन्डानाओमा शहीद दिवस मनाइएको छ । क्रान्तिका महान् शहीदहरुप्रति हार्दिक सम्मानका साथ सलामी अर्पण पनि गरिएको छ ।

यस अवसरमा फ्रांक का मिगो लाई सबैभन्दा बढी स्मरण गरिएको छ । उनले आफ्नो पुजारी जीवन छाडेर देश र जनताका लागि न्यु पिपल्स आर्मीमा भर्ती भई क्रान्तिमा जीवन अर्पण गरेका थिए ।

पछिल्ला ६ महिनाहरुमा सहादत प्राप्त गरेकाहरुको नाम उच्चारण गरेरै यो श्रदाञ्जली अर्पण गरिएको थियो । सन् २०१८ मा नै सहादत प्रापत गर्नेहरुमा ७ जना भन्दा बढी शहीदहरु थिए । शहीदहरुा संझना र सम्मानमा आयोजित उक्त कार्यक्रममा बक्ताहरुले स्वदेशी उत्पीडक र शोषकका साथै विदेशी साम्राज्यवादीहरुबाट फिलिपिनी जनतालाई मुक्ति दिलाउन वीर शहीदहरुले आफ्नो जीवन बलिदान गरेको बताएका थिए ।

यसका साथै आन्दोलन र युद्धमा आफूहरुको प्रतिवद्धता सधैं रहिरहने र शहीदहरुले देखाएको बाटोमा लागि रहने पनि बताएका थिए ।