काठमाडौं । जनताका टुक्रबुक्रा र गोठबाट, गाईभैंसीबाट, एकमुठो साग बेचेकाबाट, एक लिटर दूध बेचेकाबाट, एक घोंगा मकै बेचेकाबाट, एउटा बोका बेचेकाबाट कर लिने कडा संहिता बनाएका सरकारी नेता र तिनका मानिसहरुले आफूहरुले कर तिर्न प्यानसम्म पनि लिएका छैनन् ।

हार्दिक शुभकामना !

दैनिक आफन्त तथा आफन्तका संस्थाहरुलाई करोडौं रुपैया बाँड्ने गरिरहेका यी सरकारी नेताहरुले दिनमा लाखौं र करोडौं राजस्व हिनामिना गर्ने गर्दछन् ।

उनीहरुको सेवासुविधा र तलवमान पनि लाखौं हुने गर्दछ । आय आर्जनअनुसार त्यसको व्यक्तिगत कर तिनीहरुले सरकारलाई बुझाउनु पर्दछ । तर हालसम्म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरु, मन्त्रालयका सचिवहरु तथा उच्च ओहदाका कर्मचारीहरुका साथै प्रदेश तथा स्थानीय सरकार, संसद तथा कर्मचारीहरुले प्यान नै लिएका छैनन् ।

अब कुरा उठ्ने गरेको छ सरकार र सरकारी मानिसहरुले आलिशान सेवा, सुविधा र मोटो रकम बुझ्ने गरेका छन् । यिनले उल्टै जनताबाट निकै मोटो कर लिने संहिताको कार्यान्वयन गर्दै छन् । तर जनताको सानोभन्दा सानो आयको कर लिने यिनीहरु आफ्ना लाखौंलाख तलबभत्ताको कर तिर्न तयार छन् कि छैनन् ? जनताको माग छ, उनीहरुले प्यान लिएर आफ्ना सेवा सुविधा सार्वजनिक गरुन् ।

यदि उनीहरु कर तिर्न तयार छैनन् भने जनतालाई मात्र कर तिर्न बाध्यता कुनै पनि दुनियाँमा छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर