भेल

प्रकाशित मिति : २०७५ श्रावण २८

साउने भेल हो कि
मान्छेको भेल हो
बुझ्न गाह्रो छ
लेकबाट बग्दा
नदी बन्छ
चुरेबाट बग्दा
खहरे बन्छ
के ताक्छ थाह हुँदैन
कहाँ बग्छ थाह हुँदैन
कतै सिलिए
कोही जिलिए
खुब खेलाउने बानी
खुब खेल्ने बानी
जस्ताको तस्तै
ढिडोलाई निस्तै
जलमहल हुँइकिए
ताजमहल फ्याँकिए
बेथितिमा बस्यो
थितिमा बस्यो
सुखदुःखको समिश्रण
उठ्न गाह्रो
गिर्न सजिलो
गठजोड राँकिइहाले
मुखुन्डो ओढिहाले
जन्मनु नियम
मर्नु नियम
अविरल विजयको हुरी
लाली गुराँसको लुकामारी
कसैको बाँस
कसैको नास
क्षितिजको चिच्याहट
सिमसिमे पानी गर्जाहट
गाली गलौज
हिलो मैलो
मृग चालको नयन
टपरटुइँयाको निर्मम
कठोरौ कठोर
खुद्राम खुद्री
जति हातखुट्टा बाँध
जतिसुकै बाचा बाँध
भेल त भेलैले हाने