चितवनमा देजमोको विरोध सभा सम्पन्न

प्रकाशित मिति : २०७५ श्रावण २८

चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवनले जिल्लाको चौविसकोठीमा शुक्रबार विरोधसभा सम्पन्न गरेको छ ।

‘कृषिमाथिको वैदेशिक अतिक्रमण बन्द गरी दुध, तरकारी, कुखुरालगायतका कृषिजन्य वस्तुहरुको उचित मूल्य समायोजन गर, बालबालिकाको अपहरण, हत्या र बलात्कारका घटनाहरुलाई नियन्त्रण गरी दोषीमाथि कडा कारबाही गर” भन्दै आयोजना गरिएको विरोधसभालाई मोर्चाका जिल्ला अध्यक्ष अशोक शर्मा, किसान नेता प्रकाशबाबु खनाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमा क्रान्तिकारी माओवादी, देजमो तथा जबस मोर्चाका नेताहरु विकास, विपिन, दिवाकर, अमृत, मोदनाथ, रामचन्द्रलगायत नेताहरुको उपस्थिति रहेको थियो । विरोध सभाको सञ्चालन अखिल (क्रान्तिकारी)का केस विद्यार्थी नेता अमीत सापकोटाले गरेका थिए । कार्यक्रममा वक्ताहरुले सरकारको चर्को विरोध गरेका थिए ।