पर्यटक उद्दार कार्य प्रहरीबाट

पर्यटक उद्दार कार्य प्रहरीबाट

काठमाडौं । पर्यटकहरु बिरामी भएको भनेर हेलिकप्टर मगाएर उद्दार गरेको भनी भारी बिमा र उपचार खर्च असुल्दै आएका केही टे«भल एजेन्सीहरुको पोल खुलेपछि अब त्यो जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । यसो भएपछि अब ठगी र जालसाजीबाट पर्यटक र बिमा संस्थानलाई जोगाउन सकिने बताइएको छ ।

यस अघि एजेन्सीहरुले आफूखुशी उद्दार हेलिकप्टर मगाउने, विरामीको चेकजाँच आफूखुशी गराउने गर्दै आएका थिए । ट्रेभल एजेन्सी, होटल व्यवसायी, हेलिकप्टर मालिकहरु र मेडिकल तथा अस्पतालहरु मिलेर यस्ता काम गर्दै आएको खुलेको पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा खुल्न आएको छ ।