स्वास्थ्यमा मातृसेवालाई प्राथमिकता

स्वास्थ्यमा मातृसेवालाई प्राथमिकता

काठमाडौं । नेपालमा स्वास्थ्य सेवा अन्तरगत मातृससेवालाई प्राथमिकतामा राखेर त्यसको बोध तथा कार्यान्वयन गराउन थालिएको छ । परम्परागत रुपमा मातृसेवाका नाममा चलिआएका मातृसेवाविरोधी अभ्यासहरुको अन्त्य गर्न यसो गर्न थालिएको हो ।

मातृसेवामा ख्याल नगर्ने, सुत्केरी महिला र बालबच्चाको उचित स्याहार नगर्ने, सुत्केरी भएपछि जम्मा २२ दिनसम्म मात्र ‘कुना बार्ने’ र आमालाई केही पोषिलो खाना खान दिने पुरानो चलनको अन्त्य गर्दै कम्तिमा ९८ दिन सुत्केरी बिदा दिने, सुत्केरी बिदामा कर्मचारी तथा मजदूर महिलाको तलब कटौति नगर्ने, बच्चाको लागि स्याहार सुसारको व्यवस्था मिलाउने, सार्वजनिक स्तनपानका लागि स्तनपान कक्ष निर्माण गर्ने आदि कुराहरु व्यवहारमा ल्याइने भएका छन् ।

कतिपय अवस्थामा जन्मने बित्तिकै बच्चाको मृत्युहने र आमाको उचित स्याहार नहुने अवस्थाको पनि सिर्जना हुने गरेको छ । यसलाई पनि ९८ दिनसम्म विदाको व्यवस्था, खानपिनमा पोषिलो आहारको व्यवस्था र जोखिमपूर्ण कामबाट मुक्ति तथा स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने कुरालाई ख्याल गरिने भएको छ ।