उपभोक्ता ठगी र विषादीयुक्त खाद्य पदार्थ बिक्रि गर्नेमाथि कारबाही गरिने

उपभोक्ता ठगी र विषादीयुक्त खाद्य पदार्थ बिक्रि गर्नेमाथि कारबाही गरिने

काठमाडौं । उपभोक्ता ठगी र वषादीयुक्त खाद्य पदार्थ तथा म्याद गुज्रिएका दाल, तरकारी बिक्रि गर्नेलाई कारबाहीको दायरामा ल्याइने कानुन सरकारले पारित गर्न थालेको बताएको छ । बजारमा म्याद गुज्रेका, विषादी हालिएका तथा कुहिएका खाद्य पदार्थ नेपाली खाद्य बजारमा छ्यापछ्याप्ती बिक्रि बितरण गर्ने गरिएको छ ।

सरकार तथा उपभोक्ता समितिका तर्फबाट पटक पटक यसको अनुगमन गरिए पनि यसलाई प्रभावकारी बनाउन सकिएको छैन । बरु अनुगमन देखाउनका लागि मात्र गरिने र वर्षमा एक वा दुईपटक मात्र गरिने गरिएको छ । अनुगमन पश्चात् बार्गेनिङ गर्ने र मोटो रकम लिएर सरकारका मन्त्री तथा कर्मचारीहरुले ‘तैं चूप र मै चूप’को अवस्था सिर्जना गर्ने गरिरहेका छन् ।

सबै क्षेत्रबाट चर्को दबाब आएपछि मात्र म्याद गएका र विषादी प्रयोग गरिएका खाद्य पदार्थ बिक्रि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने गरी कानुनी व्यवस्था गर्न थालिएको बताइएको हो ।

रसायन हालिएको खाद्य पदार्थ, हरियो सागपात बिक्रि गर्नेलाई कैद वा आर्थिक जरिवाना वा दुवै गरिने व्यवस्था गरिन थालिएको छ । उपभोक्ताको हक कार्यान्वयन गर्ने क्रममा बढीमा ५ वर्षसम्म कैद र २ देखि ४ लाखसम्म जरिवाना गरिने भएको छ । त्यसै गरी झूटो विज्ञापन प्रसारण गरे, मापदण्ड पूरा नगरे, नक्कली कुराहरु मिसावट गरेमा पनि यो कानुन आकृष्ट हुने छ ।