काठमाडौं । ‘उत्तर कोरियाले मिसाइल निर्माण गरिरहेको छ’ भन्ने अमेरिकी अधिकारीहरुको भनाइ बाहिर आए पछि र यसको बारेमा टीकाटिप्पणी पनि हुन थालेपछि उत्तर कोरियाले ‘अमेरिकी गतिविधिले स्तब्ध तुल्याएको’ बताएको छ ।
निअस्त्रीकरणका लागि गरिएको बहुचर्चित सिंगापुर वार्तापछि यी सबै आरोप प्रत्यारोपका कुरा बाहिर आएका हुन् । शिखर वार्तामा ट्रम्पले आफूहरुले गरेको वार्ता मुताविक कामहरु गर्न राष्ट्रपति किम तयार रहेको र अमेरिका पनि उत्तर कोरियाप्रति लचिलो हुँदै जाने बताएका थिए । राष्ट्रपति किमले पनि प्रतिबद्धता पूरा गरिने कुरा दोहहर्याएका थिए ।
उत्तर कोरियाको विषयलाई लिएर अमेरिकी राष्ट्रपति र उनको खुफिया अधिकारीबीच निकै जुहारी चल्दै गयो । उनका खुुफिया अधिकारीहरुले उत्तर कोरियाले मिसाइल निर्माण गरिहेको भन्ने कुरा जोडतोडका साथ ट्रम्पसामु राखे । तर उत्तर कोरियाले आफ्ना अस्त्रहरु निअस्त्रीकरण गरिरहेको बताइरहेको छ ।
पछिल्लो चरणमा आएर सिंगापुरका विदेशमन्त्री वीके बालानन्ले पनि आफ्नो मुख खोलेका छन् । उनका अनुसार अमेरिका र उत्तर कोरियाबीचमा पटकपटक वार्ताहरु भइरहेका र ती सबै सकारात्मक तथा सिर्जनात्मक रहेका बताएका छन् ।
पछिल्लो चरणमा आएर उत्तर कोरिया र अमेरिकाबीच सम्बन्ध विगार्न चाहनेहरुले वातावरण निकै धुमिल बनाउँदै लगेका छन् । उनीहरुले उत्तर कोरियाले यही मौका पारेर व्यापक फ्युल भण्डारणमा लागेको र मिसाइल बेच्ने उपाय पनि खोजिरहेको भनी संगीन आरोप लगाएका छन् । अमेरिकी अधिकारीहरुले त रुसमा हजारौं उत्तर कारियाली कामदारहरुले काम गरिरहेका र कोरियामाथिको प्रतिबन्ध फितलो पारिएको आरोप रुसलाई लगाउने पनि गरिरहेका छन् ।