काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को एक नम्बर प्रदेश कमिटी गठन भएको माचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार सोमबार इटहरीमा भएको भेलाले ज्ञानु खतिवडाको संयोजकत्वमा १७ सदस्यीय प्रदेश कमिटी निर्माण भएको छ । प्रदेश कमिटीका सदस्यहरुमा संगीता राई, शुक्र तामाङ, दीपककुमार ऋषिदेव, किरण ढकाल, सरोजकुमार रहपान, सरोज परियार, आयुश बुढाथोकी र युनिशा राई रहेको बताइएको छ ।

हार्दिक शुभकामना !

प्रदेशको भेलामा प्रमुख अतिथिका रुपमा क्रान्तिकारी माओवादीका पिविएम तथा १ नं. प्रदेशका कार्यवाहक सचिव नगेन्द्र राई र अतिथिहरुका रुपमा पार्टी केससहरु मनोज श्रेष्ठ, केबी फुदुङ, डिल्लीराम बोहरा, र अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष सेवन्तराज भण्डारी रहेको बताइएको छ । भेला निकै उत्साहजनक रहेको र यसबाट निर्वाचित प्रदेश कमिटीले छिट्टै नै प्रदेशभर विद्यार्थी संगठन बिस्तार गर्ने र संघर्षका कामहरुको थालनी गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर