अटो चालक मजदुरहरुमाथि भएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो घोर विरोध

अटो चालक मजदुरहरुमाथि भएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो घोर विरोध

चितवन । तीन पाङ्ग्रे अटो चालकहरुको शान्तिपूर्ण आन्दोलनमाथि ओली नेतृत्वको सरकारको प्रहरी प्रशासनले गरेको दमन र धरपकडको नेकपा (क्रान्तिकारी माओवादी) चितवनले घोर विरोध एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका जिल्ला सचिव अशोक शर्माले बुधबार एक वक्तव्य जारी गरी प्रहरी दमनबाट अटो चालक मजदुरहरु घाइते भएको, सवारी साधनमाथि तोडफोड गरिएको र कैयौ मजदुरहरुलाई धरपकड गरिएको घटनाको घोर विरोध र भत्र्सना गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “विशेष गरेर निम्न स्तरको आयस्रोत भएका र सानो लगानीबाट जीवनयापनको आधार बन्दै आएको अटो व्यवसायलाई ध्वस्त पारी जनजीवन अस्तव्यस्त बनाउने उद्देश्यसहित भरतपुर महानगरपालिकाले बजार क्षेत्रबाट विना आधार पूर्वाग्रहपूर्ण ढंगले अटोहरुलाई विस्थापित गर्ने निर्णयको विरुद्धमा मजदुरहरुले गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा गृहमन्त्रीको ठाडो आदेशमा मजदुरहरुमाथि गोली चलाउने जस्तो कायरतापूर्ण कदमले यो सरकारको जनविरोधी र सामाजिक फासिवादी चरित्र पूर्णरुपले उदाङ्गो भएको छ ।”

वक्तव्यमा प्रहरीको गोली लागि घाइते भएका महेश चौधरी लगायत सैयौ घाइते चालक मजदुरहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क उपचार र सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसित माग गरिएको छ । र, गिरफ्तार गरिएका अटो चालक स्वरोजगार मजदुरहरुलाई विनशर्त तत्काल रिहाई गर्न माग गरिएको छ ।

वक्तव्यमा अटो चालक मजदुरहरुको मागलाई पूर्ण समर्थन गर्दै मजदुरमाथि गरिएको दमनको प्रतिरोधमा उत्रन सम्पूर्ण अटो चालक स्वरोजगार मजदुर लगायत सबै जनसमुदायलाई आव्हान गरिएको छ ।