‘भारतीय दुध पाउडरलाई प्रोत्साहन गर्न सरकारले नेपाली किसानको दुधको मूल्य घटायो’

‘भारतीय दुध पाउडरलाई प्रोत्साहन गर्न सरकारले नेपाली किसानको दुधको मूल्य घटायो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी)ले एक वक्तव्य जारी गरी सरकारले भारतीय दुध पाउडरलाई प्रोत्साहन गरी नेपाली किसानको दुधको मूल्य ३ रुपैयाँ घटाएको दावी गरेको छ ।

अनेकिसंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक भुमिश्वर कँडेलले ८ साउनमा जारी गरेको वक्तव्यमा दुधको उचित मूल्य नपाएका कारण किसानले दुध सडकमा पोख्नुपर्ने बातावरण पैदा भएको भन्दै घटाइएको मूल्यलाई खारेज गरी उचित मूल्य बढाउन पनि सरकारसित जोडदार माग गरिएको छ ।