काठमाडौं । पाकिस्तानको क्वेटा सहरकोे एक मतदान स्थलमा भएको आत्मघाती बिस्फोटनमा ठूलो जनधनको क्षति हुन पुगेको छ । त्यहाँको प्रहरीका अनुसार एक आत्मघाती हमलाकारीले मतदान केन्द्रको प्रवेशद्वारमा बम हमला रेको थियो ।
हमलाकारीले उक्त बिस्फोट त्यहाँ उपस्थित प्रहरी र प्रहरीको सवारी साधनलाई लक्षित गरी गराएको थियो । प्रहरीका अनुसार उक्त आक्रमणकारी मतदान केन्द्रभित्र जबर्जस्त जान खोजिरहेको थियो । शंका लागेपछि प्रहरीले उसलाई रोक्न खोज्ने बित्तिकै गेटमा बम बिस्फोट गराएको थियो । बिस्फोटनमा परी ३१ जनाको मृत्यु भएको छ भने अरु दजैनौ घाइते भएका छन् ।
पाकिस्तानको आम निर्वाचनमा भएको यो सबैभन्दा ठूलो हिंसात्मक घटना भएको बताइएको छ । निर्वाचनका क्रममा बलुचिस्तान प्रान्तमा भएका आत्मघाती हमलाहरुमा हालसम्म १८० जना भन्दा धेरैले ज्यान गुमाइ सकेका छन् ।