काठमाडौं । चितवनमा भरतपुर महानगरपालिकाले ईरिक्सा, अटोरिक्सा र ट्याम्पोलाई राजमार्ग तथा मुख्य सहरभित्र गुड्न नदिने निर्णय कार्यान्वयनमा ल्याउन थालेपछि बुधवार दिउँसो महानगरपालिकाको निर्णयविरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवम् व्यवसायी र प्रहरीबीच झडप भएको छ । महानगरपालिकाको विना विकल्पको निर्णय मजदुर तथा व्यवसायीका लागि मान्य नभएको र सोको विरुद्धमा विरोधका आवाज पहिलेदेखि आइरहेको थियो ।

हार्दिक शुभकामना !

बुधवार दिउँसो केन्द्रीय बस टर्मिनल चोकमा भएको झडपमा प्रहरीले हवाई फायरसमेत गरेको छ । बिहानै देखिको असहज वातावरण र महानगरपालिकाको अलोकप्रिय तथा मनोगत निर्णयका कारण उत्तेजित मजदुर एवम् व्यवसायीले राजमार्गलाई लक्षित गरेर आन्दोलनका कार्यक्रमहरु अघि बढाएका थिए । मजदुर एवम् व्यवसायीहरु एक घण्टा बन्द कार्यक्रम लिएर चोकमा आवतजावत गरिहेका बेला प्रहरीसँग झडप हुन पुगेको बताइएको छ ।

प्रहरी बिट नजिक भएको झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने केही मजदुर एवम् व्यवसायीहरु पनि घाइते भएको बताइएको छ ।
भरतपुर महानगरपालिकाको राजमार्ग क्षेत्रमा अटोरिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णयविरुद्ध उच्च अदालत हेटौडामा मुद्दा समेत परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर