महोत्तरी, साउन ४ । महोत्तरी जिल्लामा केही दिनयता बढेको अत्याधिक गर्मीसँगै तातो हावा चल्दा जनजीवन निकै प्रभावित बनेका छन् । यहाँ पछिल्लो तीन दिन यताको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ ।

चर्को घाम र मध्यान्हको समयमा चल्ने तातो हावाको कारण सर्वसाधारणलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ । यहाँ पानी नपरेको कारणले समेत तापक्रममा वृद्धि भएको हो । विगत दुई हप्तादेखि यस क्षेत्रमा बर्षा भएको छैन ।

हार्दिक शुभकामना !

बढ्दो गर्मीको कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत केही दिन देखि प्रभावित बनेको छ । महोत्तरीमा तीन दिनदेखि अस्वभाविक रुपमा तापक्रम बढेको कारण सर्वसाधरणलाई सर्तकता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

तातो हावा चलेको कारण लु लाग्ने सम्भावना रहको भन्दै चिकित्सकहरुले गर्मीमा छाला ढाक्ने कपडा लगाउन, घाममा धेरै नहिँड्न, प्रशस्त मात्रमा पानी पिउन, छहारीमा बस्न, घाममा काम नगर्न, घाममा निस्कँदा छाता लगाएर निस्किन सुझाव दिएका छन् ।

यहाँ अहिले गर्मीको कारण दैनिक मजदुरी गरेर जीवनयापन गर्ने मजदुरहरु बढी प्रभावित बनेका छन् । गर्मीका कारण बालबालिका, वयस्क र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले केही दिन यता विरामीको संख्या बढेको बर्दिवास अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर