ओली–प्रचण्ड कम्पनी र ठेकेदारहरूको सम्बन्ध अहिलेको सरकार र त्यसका मन्त्रीहरू, सांसदहरूको गतिविधिलाई राम्ररी नियाल्ने हो भने एगेल्स र लेनिनले भनेझैं अप्रत्यक्ष र पर्दा पछाडिबाट होइन कि प्रत्यक्ष र खुल्ला रूपमा दलाल तथा नोकरशाही पुँजीपति, ठूला ठेकेदारहरूबाट परिचालित भएको दिनको घामझैं छर्लङ्ग छ । सरकारका मन्त्रीहरू ठूला कर्पाेरेट कम्पनी र ठेकेदारहरूको कारिन्दा बनेका छन् । आज नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्षद्वय केपी ओली र प्रचण्डले ठूला व्यापारीहरू र ठेकेदारहरूको घरमा गोप्य बैठक बस्ने, भोज खाने गरेका समाचारहरू मिडियाहरूमा प्रशस्तै आइरहेका छन् । संसदीय व्यवस्था, ठूला कर्पोरेट कम्पनीहरू, बैंकहरू, ठेकेदारहरू र संसदीय व्यवस्थाद्वारा विकास समृद्धिका कुरा गर्ने पार्टी र नेताहरूको बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने विषयमा प्रष्ट हुन जरुरी छ । यस सम्बन्धमा लेनिनले आफ्नो प्रशिद्ध रचना राज्य र क्रान्तिमा लोकतान्त्रिक गणतन्त्रको विषयमा एंगेल्सको विचारलाई प्रस्तुत गर्नु भएको छ । त्यसमा भनिएको छ “एंगेल्स अगाडि भन्नुहुन्छ– प्रजातान्त्रिक गणतन्त्रमा” धनसम्पतिले अप्रत्यक्ष रूपमा तर बढी भरपर्दो ढंगले आफ्नो सत्ताको प्रयोग गर्दछ, अर्थात् प्रथमतः “पदाधिकारीहरूलाई सोझै घुस खुवाएर किन्ने माध्यमले (अमेरिका), र द्वितीयतः “सरकार तथा शेयर बजारको बीचमा गठबन्धनको” माध्यमले (फ्रान्स र अमेरिका) । लेनिन राज्य र क्रान्ति पृ.२० । एंगेल्सले आजभन्दा १२३ वर्ष भन्दा अगाडि यो कुरा भन्नु भएको थियो । लोकतान्त्रिक गणतन्त्रको बारेमा एंगेल्सले यस प्रकार प्रष्ट र सिधा विचारहरू राख्दाराख्दै पनि उहाँको निधनपछि अवसरवादीहरू र संशोधनवादीहरूले माक्र्स, एंगेल्सहरूका भनाइहरूलाई तोडमोड गर्ने विकृत ढंगले प्रस्तुत गर्ने कामहरू गर्न थाले । संशोधनवादीहरूको यस प्रकारको प्रस्तुतीले क्रान्तिकारीहरूमा एक प्रकारको भ्रम र अन्यौलता उत्पन्न भयो । त्यस प्रकारको अन्यौल र भ्रमहरूलाई चिर्न एंगेल्सको मृत्यु भएको २२ वर्ष पछि अर्थात् आज भन्दा १०१ वर्ष पहिले सन् १९१७ मा क. लेनिनले ‘राज्य र क्रान्ति’ भन्ने पुस्तक लेख्नु भयो । त्यसमा प्रजातान्त्रिक गणतन्त्र अर्थात् संसदीय व्यवस्था पुँजीले कसरी चलाउँछ भन्ने विषयमा लेख्नु भएको छ “अमेरिकादेखि स्वीट्जरल्याण्डसम्म, फ्रान्सदेखि इंग्ल्याण्डसम्म, नर्वेदेखि अन्य देशहरूसम्म संसदीय व्यवस्था भएको जुनसुकै मुलुकमा पनि नजर लगाउनुहोस्– वास्तविक “राजकीय” कार्य त पर्दा पछाडिबाट हुन्छ, विभिन्न विभागहरू, कार्यालयहरू, अड्डाखानाहरूले त्यो कार्य पूरा गर्दछन् । संसदहरूमा चाँही “सर्वसाधरण जनताको” आँखामा छारो हाल्ने विशेष उद्देश्य राखेर खाली गफ मात्रै हाँकिन्छ ।” (भ्ला.इ.लेनिन संकलित रचना भाग ४ पृ.५७)
ऐङ्गेल्स र लेनिनले भनेका कुराहरू आज नेपालमा प्रष्टसँग देखा परेको छ । एगेल्स र लेनिनले ‘अप्रत्यक्ष’ र ‘पर्दापछाडि’बाट भन्नुभएको थियो । तर नेपालमा एगेल्स र लेनिनले भनेका कुराहरू प्रत्यक्ष र स्पष्ट देखिने गरी भएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाम गरेको पार्टीको सरकार छ । संसदमा झण्डै दुईतिहाई बहुमत उसैको छ । उसको कामहरू हेरौं गृहमन्त्रीले काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्छु भनेर घोषणा गरे । त्यसलगत्तै प्रचण्डले गृहमन्त्रीलाई आफ्नो निवासमा बोलाएर यस्तो नगर्न चेतावनी दिए भन्ने समाचार आयो । त्यसपछि प्रचण्ड बस्ने घरका मालिक काठमाडौं, कलंकीदेखि नागढुंगासम्मको सडक फराकिलो पार्ने ठेक्का लिएका ठेकेदार जसले सम्झौताअनुसार काम गरेका छैनन् उनको ठेक्कापट्टाको समय अवधि थपियो भन्ने समाचारहरू प्रकाशित भए । यो एउटा उदाहरण मात्र हो । यसप्रकारको काम हजारौंको संख्यामा भएको छ । प्रधानमन्त्री केपी ओली र प्रचण्ड ठूला ठेकेदारहरू र पुँजीपतिहरू र व्यापारीहरूको घरमा गएर बैठक बस्ने, भोज खाने गरेका कुरा टेलिभिजनहरूले प्रशारण गरिरहेका छन् । आज मजदुरहरू, किसानहरूको अवस्था ठीक छैन । उनीहरू आन्दोलनमा आउने सम्भावना छ । सरकारले धर्ना जुलुस विरोध प्रदर्शन गर्न नपाइने भनेर उर्दी जारी गरेको छ । ठूला ठेकेदार पुँजीपति र व्यापारीहरूको पक्षमा कति काम गरेका छन् भनेर फेहरिस्त लिने हो भने एउटा ठूलो ठेली नै बन्दछ । अहिलेको सरकार र त्यसका मन्त्रीहरू, सांसदहरूको गतिविधिलाई राम्ररी नियाल्ने हो भने एगेल्स र लेनिनले भनेझैं अप्रत्यक्ष र पर्दा पछाडिबाट होइन कि प्रत्यक्ष र खुल्ला रूपमा दलाल तथा नोकरशाही पुँजीपति, ठूला ठेकेदारहरूबाट परिचालित भएको दिनको घामझैं छर्लङ्ग छ । सरकारका मन्त्रीहरू ठूला कर्पाेरेट कम्पनी र ठेकेदारहरूको कारिन्दा बनेका छन् ।
कम्युनिष्ट भनाउँदा नेकपा (ने क पा)का नेताहरू, मन्त्रीहरू र सांसदहरूले माक्र्सवादलाई भद्दा रूपमा विकृत पार्ने र भ्रष्टीकरण गर्दा पनि यहाँको आपूmलाई माक्र्सवादी वामपन्थी भन्ने अधिकांश बुद्धिजीवीहरू, पत्रकारहरूले तिनको भण्डाफोर नगर्नुले क्रान्तिकारी जनतामा ठूला भ्रम पैदा भएको छ । त्यसकारण सच्चा माक्र्सवादी बुद्धिजीवीहरू, पत्रकारहरू र लेखकहरूले संशोधनवादीहरूको भण्डाफोरको लागि सशक्त अभियान चलाउन जरुरी छ । आज नेकपा (ने क पा)ले संसदीय व्यवस्थाबाटै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्दछौं भनेर घोषणा गरेता पनि उसको सरकारको नीति कार्यक्रम र बजेटले दलाल तथा नोकरशाही पुँजीपतिवर्गको सेवा गरेका कुरा प्रष्ट नै छ । यसकारण उनीहरूले गरेका विकास र समृद्धिको कुरा लेनिनले भनेझैं ‘सर्वसाधारण जनताको आँखामा छारो हाल्ने विशेष उद्देश्य नै राखेर’ ल्याएको गफ मात्र हो । त्यो कुरालाई जनताको बीचमा प्रष्ट पार्नका लागि क्रान्तिकारी कम्युनिष्टहरूको अथक प्रयत्न गर्नु पर्दछ । क्रान्तिकारी आन्दोलनले मात्र तिनीहरूको भ्रमलाई जनताको बीचमा प्रष्ट पार्न सकिने छ । त्यसैले सबै क्रान्तिकारी कम्युनिष्टहरूले संशोधनवादी अवसरवादीहरूको जनतालाई भ्रम दिने खालका अनेक षड्यन्त्रहरूको भण्डाफोर गर्दै सुधारवादी आन्दोलनको घेरालाई तोडेर क्रान्तिकारी आन्दोलनलाई विकास गर्नु पर्दछ । यसका निम्ति क्रान्तिकारी कम्युनिष्टहरूले वर्गसंघर्षलाई विकास गर्ने कुरामा आफ्नो शक्ति केन्द्रित गर्नु पर्दछ । मजदुर र गरीब किसानहरूलाई संगठित गर्ने, उनीहरूको मागलाई लिएर आन्दोलन गर्ने र त्यो आन्दोलनलाई संसदीय व्यवस्था ध्वस्त पारी आमशोषित पीडित वर्गको राज्यसत्ता प्राप्त गर्ने तहमा पु¥याउनु पर्दछ । यसरी मात्र संशोधनवादीहरूको सर्वसाधारण जनताको आँखामा छारो हाल्न ल्याइएको विकास र समृद्धिको षड्यन्त्रकारी नारालाई पर्दाफास गर्न सकिन्छ ।