इन्टरनेटको शुल्क बढ्यो, डाटा चलाएवापत १३ प्रतिशत भ्याट र ११ प्रतिशत सर्भिस चार्ज

इन्टरनेटको शुल्क बढ्यो, डाटा चलाएवापत १३ प्रतिशत भ्याट र ११ प्रतिशत सर्भिस चार्ज

काठमाडौं, साउन २ । नेपाल टेलिकमले इन्टरनेटको शुल्क बढाएको छ । टेलिकमले डाटा प्रयोगकर्ताबाट सेवा बापतको शुल्क ११ प्रतिशत लिन थालेको हो ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले दिएको जानकारी अनुसार मन्त्रीपरिषद्ले गरेको निर्णय अनुरुप मंगलबारबाट सेवा शुल्क पनि लिन थालेको हो । यो भन्दा पहिले डाटा प्रयोग कर्ताले भ्याट १३ प्रतिशत तिर्नु पर्दथ्यो भने सेवा बापतको शुल्क तिर्नु पर्दैन थियो । अहिले डाटा प्रयोग कर्ताले जति डाटा प्रयोग गर्यो त्यसको १३ प्रतिशत भ्याट र ११ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने व्यवस्था ल्याएको छ ।

डाटा प्रयोगकर्ता र भ्वाइस कलका लागि समान शुल्क लागु भएको छ । नेपाल टेलिकको सिमबाट भ्वाइस कल गर्दा १३ प्रतिशत भ्याट लाग्थ्यो भने ११ प्रतिशत सर्भिस चार्ज लाग्थ्यो ।