पुग्न सकेन वाणिज्य वैंक स्थानीय मुकाममा

प्रकाशित मिति : २०७५ असार २५

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । देशको संघीय संरचनाअन्तर्गत निर्माण भएका ७५३ वटा स्थानीय तह प्रत्येकमा यो असार महिनासम्म वाणिज्य बैंकका शाखाहरु खोलिसकिने बताइएको थियो । तदनुसार नेपाल राष्ट्र बैंकको प्रस्तुत योजनामा यो असारभित्रै स्थानीय तहमा बैंकिङ सेवा दिन सकिने अनुमान पनि गरिएको थियो ।

योजनाअनुसार राष्ट्र बैंकले यही असारसम्म सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई वैंकिङ सहयोगसहित निर्देशन दिएको पनि थियो । हालका ७५३ वटा स्थानीय तहमध्ये हालसम्म ५ सय ५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको अवस्थामा पनि बाँकी २०३ वटा स्थानीय तहमा भने वाणिज्य बैंक पुग्न सकेन ।

यसका पछाडि पहिलो कुरो त भौगोलिक विकटताले समस्या निम्त्याएको छ । दोस्रोमा सुरक्षाका लागि प्रहरी चौकी आदि नहुनुले पनि काम गरेको छ । तेस्रोमा सडक सञ्जालको अभावले पनि समस्या निम्त्याएको छ । धेरै ठाउँहरुमा त स्थानीय तहमा सहकारी सञ्चालन भएकाले पनि जनताको वैंकप्रति लगाव कम देखिन गएको छ ।