मानिसलाई खासै औषधी खानु त मन पर्दैन तर रोगले च्यापेपछि त्यसको विकल्प छैन । तर केही मानिसहरु पानी बिनै औषधी निल्ने गर्दछन् । यदि तपाईमा पनि यो प्रकारको बानी छ भने आजै यसलाई त्यागि हाल्नुस् । तपाईको यो बानीले रोग निको पार्नुको सट्टा स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन्छ ।
बिना पानी औषधी निल्नाले हुन्छ यस्तो हानी :
१. जब तपाई पानी बिना औषधी निल्नुहुन्छ तब त्यसले तपाईंको एसोफ्यागस अर्थात् घाँटीको नलीलाई क्षती पुर्याउँछ । यसै कारण पानी बिना औषधी खाँदा कहिलेकाँही आँसु पनि निस्कन्छ ।
२. पानी बिना नै औषधी निल्दा गलाको नलीमा जलन महसुस हुन्छ । यसका साथै छाती पोल्ने र दुख्ने समस्या पनि हुनसक्छ । यद्यपी, यो ट्याब्लेटको साइजमा निर्भर हुन्छ ।
३. हाम्रो गलाको नली निकै नाजुक टिश्युबाट बनेको हुन्छ । यदि ट्याब्लेट गलाको नलीमा अड्कियो भने यसले गलालाई क्षती पुर्याउन सक्छ । गलाको तन्त्रिकामा अचानक पीडा महसुस हुनसक्छ जसका कारण तपाईलाई सास फेर्न पनि समस्या हुनसक्छ ।
४. यदि तपाईं धेरैजसो पानी बिना नै औषधी निल्नुहुन्छ भने यसले तपाईंको घाँटीको नलीमा अल्सर हुने सम्भावना अत्यधिक हुन्छ । टर्कीमा भएको एक अनुसन्धान अनुसार कुनै प्रकारको औषधीले घाँटीको नलीमा अल्सर हुनसक्छ । यतिमात्र होइन, चपाएर खानुपर्ने भिटामिन सीले पनि घाँटीको नलीलाई क्षती पुर्याउन सक्छ ।
यसको लागि के गर्ने त ?
औषधी सधैं कम्तीमा एक गिलास पानीसँग खानुहोस् । दिनभरीमा कम्तीमा आठ ग्लास पानी पिउनुहोस् । यसो गर्दा एसोफ्यागसलाई क्षती पुग्दैन । औषधी सधैं उभिएर वा बसेर खानुहोस् । सुतेर औषधी खानबाट बच्नुहोस् ।































