विश्वकप फुटबलको नकआउट चरणमा को–कोसँग भिड्दै ?

विश्वकप फुटबलको नकआउट चरणमा को–कोसँग भिड्दै ?

काठमाडौं, असार १५ । जेठ ३१ गतेबाट रसियामा जारी फिफा विश्वकप २०१८ को समूह चरणको खेल (गएराति) १४ गतेबाट सकिएको छ । ३२ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगितामा १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन् भने १६ राष्ट्र समूह चरणबाट बाहिरिसकेका छन् ।

प्रिक्वाटरफाइनल प्रवेश गर्नेमा युरोपबाट १०, दक्षिण अमेरिकाबाट ४, उत्तर अमेरिकाबाट १ र एसियाबाट १ टोली छन् भने अफ्रिकी टोलीले भने नकआउट चरणमा स्थान बनाउन सकेनन् । र साविक विजेता जर्मनी नकआउट चरणबाटै घर फर्किएका छन् ।

अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाउने राष्ट्रहरूमा उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्विट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंग्ल्याण्ड, कोलम्बिया र जापान छन् ।

यस्तै समूह चरणबाटै बाहिरिने टोलीमा साउदी अरब, इजिप्ट, इरान, मोरक्को, पेरू, अष्ट्रेलिया, नाइजेरिया आइसल्याण्ड, सर्बिया, कोस्टारिका, दक्षिण कोरिया जर्मनी, ट्युनिसिया, पानामा, सेनेगल र पोल्याण्ड रहेका छन् ।

अब हुने नकआउट चरणका खेलहरुः
असार १६ गते बेलुका ७ः४५ फ्रान्स vs अर्जेन्टिना, ११ः४५ उरुग्वे vs पोर्चुगल
असार १७ गते बेलुका ७ः४५ स्पेन vs रुस, ११ः४५ क्रोएसिया vs डेनमार्क
असार १८ गते बेलुका ७ः४५ ब्राजिल vs मेक्सिको, ११ः४५ बेल्जियम vs जापान
असार १९ गते बेलुका ७ः४५ स्वीडेन vs स्वीट्जरल्याण्ड, ११ः४५ कोलम्बिया vs इङ्ल्याण्ड