गुल्मीमा एनआईसी एशिया बैंकको नयाँ शाखा

गुल्मीमा एनआईसी एशिया बैंकको नयाँ शाखा

गुल्मी, असार १४ । गुल्मीमा एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा शुभारम्भ गरेको छ । बैंकले बिहीबार एक कार्यक्रम गर्दै जिल्लाको सदरमुकाम तम्घासको पुतली बजारस्थित तम्घास शाखा कार्यालयमा आफ्नो पहिलो कारोबारसहित शुभारम्भ गरेको हो ।

शाखाको रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका हुँन् । उद्घाटन गर्दै नगर प्रमुख भुसालले गुल्मीको सदरमुकाममा यस बैंकको शाखा बिस्तार हुँनुले नागरिकलाई सेवा लिने हिसाबले निकै फाइदा जनक रहेको बताए ।

उनले बैकले दैनिक कारोबार गर्ने क्रममा छिटो छरितो तथा नम्र व्यावहारका साथ सेवा दिन आग्रह गरे । बैंकहरुले सेवा दिने सवालमा नम्र छिटो छरितो नगर्ने जस्ता गुनासाहरु आइरहने गरेकाले व्यबहारमा परिर्वतन हुनुपर्नेमा जोड दिए ।

जिल्लाको सदरमुकाम तम्घासमा धेरै बैंकहरु खुल्दै जनाले गुल्मेली जनतालाई सेवा लिन धेरै फाइदा मिलेको बताए । बैंकको गुल्मी २ सय ८ औं शाखाको रुपमा बिस्तार भएको तम्घास शाखा प्रबन्धक जगदीश पन्थीले जानकारी दिए ।

बैंकले दैनिक बचतमा ७ प्रतिशत ब्याजदर र मद्धतीमा ११ प्रतिशत ब्याजदर दिदै आएको प्रबन्धक पन्थीले बताए । बैंकले शाखा शुभारम्भसँगै छिटो छरितो सेवा दिने मुख्य उदेश्य राखिएको पन्थीको भनाइ छ ।