
काठमाडौं, असार १४ । ललितपुर सातदोबाटोमा रहेको एक रङ पसलको गोदाममा आगलागी भएको छ । दिउँसो साढे ११ बजेतिर सातदोबाटोस्थित दिनेश पण्डितको जग्गामा रहेको टहरामा रहेको रमेश व्यञ्जनकारको रङको गोदाममा आगलागी भएको हो ।
महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी निरीक्षक किरणप्रकाश मल्लका अनुसार टहराभित्र रहेको नसीब अन्सारीको मुर्ति कारखाना जलेको छ ।
आगलागीबाट टहरा, रङ गोदाम र मुर्ति पसलका गरी २५ लाख रुपैयाँ क्षति भएको प्रहरीको अनुमान छ । प्रहरी र ललितपुर महानगरपालिकाको दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ ।