काठमाडौं, असार १४ । काठमाडौंमा विरोध प्रदर्शन स्थान तोकिए पश्चात् अब सरकारले लतिलपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन स्थान तोकेको छ । सरकारले ललितपुरमा ५ स्थान र भक्तपुरमा एक स्थानमा मात्रै तोकेको छ ।
अहिले ललितपुरको ५ स्थान च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकेको छ ।
त्यसैगरी भक्तपुरमा प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ । साउन १ देखि यो निर्णय कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन र सभा गर्न नपाइने गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
यसअघि काठमाडौं जिल्लामा यस्ता ७ ठाउँ तोकिएको थियो । काठमाडौंका प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर तोकिएको छ ।
यसअघि प्रदर्शनस्थलको रुपमा परिचित माइतीघर मण्डलामा भने प्रदर्शन गर्न नपाइने भनी जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको थियो ।






























