मुम्बाईमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु

मुम्बाईमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु

मुम्बई, असार १४ । भारतको ठूलो सहर तथा व्यापारिक सहर मुम्बाईमा चार्टर विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । भारतीय प्रहरीका अनुसार घटना बिहीबार दिउँसो १ः३० बजे मुम्बाइको सर्भोडा अस्पताल नजिक भएको हो ।

दुर्घटनामा क्याप्टेन प्रदिप राजपुथ, को–क्याप्टेन मारिया, इन्जीनियर सुर्भि, टेकनिसीयन र एकजना यात्रुको मृत्यु भएको छ । दुर्घटना भए लगत्तै घटनास्थलमा दमकल पुगेको थियो ।

पुलिस, दमकल र विपत व्यवस्थापन टोली घटनास्थल परिचालन गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । दुर्घटना भएको विमानमा सात सिट थिए । सानो विमानले एक पटक परीक्षण उडान गरिसकेको थियो ।