लोपहुँदै खसान् लोककला

लोपहुँदै खसान् लोककला

काठमाडौ । पछिल्लो चरणमा आएर खसान् लोककला लोप हुँदै गएकोमा सांस्कृति विदहरुद्वारा चिन्ता व्यक्त गर्न थालिएको छ । वास्तुकला निर्माणका साथै स्थानीय जनजीवनमा केही वर्षअघिसम्म यसको उल्लेख्य प्रभाव रहेको भेटिए तापनि आजभोलि यो लोककला हराउँदै गएको छ । कतैकतै यसका अबशेषहरु मात्र भेटिने गरेको विज्ञ तथा पारखीहरुले बताउने गरेका छन् ।

सिञ्जा सभ्याता नेपालको सबैभन्दा पुरानो सभ्याता पनि हो । यसको विकास सिञ्जालगायत देशका विभिन्न क्षेत्रहरुमा ८औं देखि १६औं शताब्दीसम्म निकै हुन पुग्यो । यो नमूनाको रुपमा नै विकास भयो । इतिहासको एक कालखण्डमा यो लोककला भेषभूषा, रहनसहन, लवाइखवाइ, शिक्षादीक्षा, बोलीभाषा र कर्मकाण्डका साथै घर निर्माण, पानीपधेरा, बाटोघाटो वस्तुभाउको चरन, अतिथि स्वागत सत्कार आदि विभिन्न आयामहरुमा निकै नै कलात्मक रुपमा अभिव्यक्त भएको थियो ।

तात्कालिन राजाहरुको पालामा राज धर्म, संस्कार र संस्कृतिको रुपमा मौलाउने मौका पाएको यो सिञ्जाली लोककला स्थानीय जनताको आफ्नै पहिचान बनेको पनि थियो । तात्कालिन राजाहरुमध्ये पहिलो राजा नागराजले यसको विरुवा रोपेका थिए । त्यो मौलाउँदै जाँदा १६ औं शताब्दीमा अभय मल्लका पालामा उत्कर्षमा पुगेको बताइन्छ ।

त्यसबेलाका लोककलाका अवशेषका रुपमा पाण्डव गुफा जस्ता गुफाहरु र देवलहरु प्रायः ठाउँहरुमा झैं पनि अवशेषका रुपमा पाइन्छन् ।