काभ्रे, असार ८ । काभ्रेको धुलिखेल सामुदायिक अस्पतालमा म्याद सकिएको औषधि फेला परेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त रुपमा गएको टोलीले धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट म्याद सकिसकेको औषधि फेला पारेको हो ।
जिल्ला जनस्वास्थ्य अधिकृत नन्नराज वस्तीका भने, ‘अनुगमनको क्रममा अस्पतालको फार्मेसीबाट मानसिक रोगका लागि प्रयोग हुने औषधि इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट म्याद गुज्रिएको भेटियो त्यो औषधि हामीले जफत गरिसक्यौं ।’
उता अस्पतालका फार्मेसी प्रमुख हिरामान शंखरले भने गलत नियतीले औषधि बिक्री कक्षमा म्याद गुज्रिएको औषधि नराखिएको जानकारी गराए । उनले भने, ‘हामीले हामीले यो एक्सपार भएको औषधि छुट्टाएर तल लाने गरेका छौं, यो पनि आज नै लैजादै थियौं ।’
जथाभावी खोलिएका फार्मेसीमा धेरै समस्या रहेको गुनासो आएपछि अनुगमन र नियमन तर्फ लागिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।